२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

परिवार नियोजनको भरपर्दो साधन सायना प्रेस


७१९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष ११, सोमबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । महिलाहरूको लागि परिवार नियोजनको भरपर्दो अस्थाई साधन सायना पे्रस बाट सेवा सुरुवात भएको छ ।

    नेपाल परिवार नियोजन संघको अगुवाइमा उपलब्ध भएको उक्त भरपर्दो अस्थाई साधन नेपालको बिभिन्न आठ जिल्लामा सुरुभएको छ । विश्वका ४३ मुलुकमा विगत लामो समयबाट प्रयोगमा आएको उक्त साधन नेपालमा २०७७ बाट सुरुवात गरिएको हो ।

    नेपालको आठ जिल्ला मध्य काभ्रे जिल्लामा समेत भरपर्दो अस्थाई साधन उपलब्ध हुने भएको छ । काभ्रेको व्यापारिक केन्द्र बनेपामा रहेको परिवार नियोजन संघ र मातहतका अन्य सेवा केन्द्रहरूबाट उक्त सेवा दिने पत्रकार सम्मेलन माफर्त जानकारी भएको छ ।

    विगत लामो समयबाट महिलाहरूले प्रयोग गर्दे आएका (तीन महिने सुई) डिपोको भन्दा प्रभावकारी सायना प्रेस समेत प्रत्तेक तीन महिनामा प्रयोग गर्नुपर्ने भएपनि डिपोको तुलनामा थप प्रभावकारी रहेको जानकारी प्राप्त भएको छ । २०८० साल सम्म नेपालका सबै जिल्लाहरूमा सहजसँग उपलब्ध हुने उक्त अस्थाई साधन नेपाल परिवार नियोजन संघले मात्रै सेवा उपलब्ध गराउनको लागि अनुमति पाएको छ ।

    पत्रकार सम्मेलनमा नेपाल परिवार नियोजन संघका केन्द्रिय सदस्य ईन्द्र लक्ष्मी श्रेष्ठले भन्नुभयो—नेपाल परिवार नियोजन संघले विगत लामो समयदेखि परिवार नियोजन संग सम्बन्धी विविध सेवा प्रदान गर्दै आएको बताउनु भयो । सेवा ग्राहीको हितको खातिर घरदैलो पुगेर समेत सेवा दिदै आएको र सो कार्यलाई निरन्तरता दिदै आएको बताउनु भयो । कस्तो प्रकारको औषधिहरू प्रयोग गर्दा स्वास्थ्यमा प्रतिकुल असर पर्दैन भन्ने विषयमा चासो दिदै निरन्तर अगाडि बढ्ने क्रममा सायना प्रेस नामक अस्थाई साधन भरपर्दो र विश्वासिलो भएको ठोकुवा गर्नुभयो ।

    कार्यक्रममा परिवार नियोजन संघ काभ्रे शाखाका कोषाध्यक्ष प्रकाश कायस्थले भन्नुभयो—सेवाग्रहिहरुलाई कसरी सजिलो साथै भरपर्दो ढंगबाट सेवा दिन सकिन्छ भन्ने विषयमा संघ निरन्तर रुपमा अगाडि बढेको बताउनु भयो । सङ्घमा आबद्ध सम्पूर्ण कर्मचारीहरू सहज साथै भरपर्दो ढङ्गको सेवाको लागि निरन्तर रुपमा लागेका छौं‚ जसका कारण सेवा ग्राहीको विश्वास जित्न सफल भएका छौं । हामीसँग आर्थिक स्रोतको कमी रहेको छ तर पनि धेरै सेवा दिएका छौं । आर्थिक सहयोगको लागि सरोकार वालाहरुको ध्यान पुगेमा थप गुणस्तरीय सेवा दिने विषयमा अब्बल ढंगबाट सेवा प्रदान गर्ने कोषाध्यक्ष कायस्थले बताउनु भयो ।

    त्यसैगरी पत्रकार सम्मेलनमा नेपाल परिवार नियोजन संघ काभ्रे शाखाको प्रमुख तुलसी देवी मानन्धरले शाखाबाट प्रदान गर्दै आएको सेवाको बारेमा जानकारी गराउनु भयो । परिवार नियोजनसँग सम्बन्धी बिभिन्न क्याम्पहरू सञ्चालन गर्नुका साथै महिलाको स्वास्थ्यको विषयमा थप चासो राख्दै बिभिन्न प्रकारको स्वास्थ्य परीक्षणहरू गर्ने गरेको जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार