२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

 गोल्मा देवी आधारभूत विद्यालयमा शैक्षिक मेला (भिडियो सहित)


४७३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा रहेको गोल्मा देवी आधारभूत विद्यालयको अभिभावक भेला साथै शैक्षिक मेला प्रदर्शन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

    पाँचखाल आसपासको क्षेत्रकै नमुना ढंगबाट सञ्चालित सामुदायिक विद्यालयमा आधुनिक ढंगबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । शिक्षीकाहरुको मात्रै टिमबाट सञ्चालन भएको उक्त विद्यालय पाँचखालको लागि मार्ग निर्देशक सावित भएको छ ।

    सानो बस्तीमा सञ्चालन भएको उक्त विद्यालयमा ८६ विद्यार्थीहरू रहेको विद्यालयमा प्रिन्सिपल विद्यालक्ष्मी देउजाले जानकारी गराउनु भयो । उहाँले थप्नुभयो—विद्यालयको आसपासमा बस्ति सानो छ‚ टाडा टाडाबाट विद्यार्थी आउने चाहना गर्छन तर विद्यालयमा बसको व्यवस्था नहुँदा चाहेर पनि विद्यार्थीहरू आउन पाएका छैनन् । तरपनि केही विद्यार्थीहरूलाई टेम्पोमा ल्याउने गरेका छौं ।

    विद्यालयले आयोजना गरेको शैक्षिक मेलामा पाँचखाल नगरपालिका उपप्रमुख सुर्य मायाँ दनुवार‚ पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ‚ पाँचखाल शिक्षा शाखाका अधिकृत उदय प्रसाद कोइराला ‚ विभिन्न विद्यालयका प्रतिनिधिहरू‚ अभिभावकहरूको उपस्थित रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार