२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

खानीखोलामा ‘जुनकिरी’ प्रर्दशन


३७८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष २२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • इकमान लामा
    काभ्रेपलाञ्चोक । बालविवाह रोकथामलाई लक्षित गरी खानीखोला गाउँपालिकाले ‘जुनकिरी’ नामक सडक नाटक प्रदर्शन गरेका छन् । गाउँपलिकाले १७ पुसदेखि पालिकाभित्रका ८ वटा माध्यमिक विद्यालयहरुमा बालविवाह विरुद्ध जनचेतना जगाउने उद्देश्यसहित देखाएको सडक नाटक २१ पुस अर्थात् आज (विहीबार) ताल्ढुंगामा समापन भएको हो ।
    गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले नाटकमा २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने मुल सन्देश रहेको बताए । अभिभावक कुलतमा लाग्दा बच्चामा पर्ने मानसिक असरसँगै छोराछोरीलाई विद्यालय पठाउने मात्रै नभई उनीहरुको पढाई के कस्तो भइरहेको छ भनेर हेर्ने महत्वपुर्ण जिम्मेवारीलाई समेत नाटकले देखाएको उनको भनाई छ ।
    ‘अभिभावकले आफ्नो बालबच्चाको राम्रोसँग हेरचाह गर्नु पर्छ, २० वर्ष नपुगी विवाह गर्नु हुँदैन भन्ने नाटकको मुल सन्देश हो’, उनले भने, ‘त्यस अतिरिक्त कुलतामा लाग्नु हुँदैन । विद्यालयमा पठाएर मात्रै बाच्चको शिक्षा राम्रो हुन्छ भन्ने नभई अभिभावकले आफ्नो छोराछोरीको पढाई कस्तो भइरहेको छ भनेर अभिभावकको भुमिका निर्वाह गर्नु सक्नु पर्छ भनेर नाटकले देखाएको छ ।’
    अध्यक्ष थिङले विद्यार्थी तथा नागरिकलाई बालविवाह विरुद्धको जनचेतना जगाउनको लागि नेताको भाषण र विज्ञले दिने प्रशिक्षणभन्दा कलाको माध्यमबाट प्रभावकारी हुने भएकाले सडक नाटक देखाएको बताए । उनले समाजिक विकासका विभिन्न बाधकहरुमध्ये बालविवाह एक भएको औल्याए ।
    उपाध्यक्ष दोर्जमान जिम्बाले जग्गा, पैसा भन्दा ठुलो सम्पत्ति छोराछोरी भएपनि उनीहरुको उज्यालो भविष्यका लागि अभिभावक जिम्मेवार हुन नसकेको बताए । उनले नाटकमा बालविवाहको कारण व्यक्ति र समाजमा पार्ने असरलाई देखाउँदै यसको न्यूनिकरणका उपाय समेत प्रस्तुत गरिएको बताए । त्यस्तै गाउँपालिकाको शिक्षा अधिकृत विष्णु अधिकारीले गाउँपालिकाभित्र बालविवाह बढ्न थालेपछि यसैलाई केन्द्रित गरेर ‘जुनकिरी’ नाम नाटक देखाएको र यसले बालविवाहमा कमी आउने विश्वास व्यक्त गरे ।

    बालविवाहलाई मुख्य केन्द्रबिन्दुमा राखेर निर्माण गरिएको करिब ४५ मिनेटको नाटकमा बालविवाह गर्दा जेल पर्नेदेखि लिएर उमेर नपुगी विवाह गरी जन्मेका बच्चाको जन्मदर्ता आदिमा वेहार्नु पर्ने कानुनी समस्याका साथै घरझगडा बालबालिकामा पर्ने मानसिक असरलाई देखाउन खोजिएको छ । त्यस्तै ७ जना कलाकारले मिहीन तरिकाले प्रस्तुत रहेको उक्त नाटकमा शैक्षिक क्षेत्रका विसंगतिसँगै अभिभावकले छोराछोरीको पढाईप्रति वेवास्ता गर्दा र मोबाइलको दुरपयोगले उनीहरुको शिक्षामा पर्ने असरलाई देखाउँदै सुधारको सन्देश समेत दिएको छ भने जनप्रतिनिधिको भुमिका कस्तो हुनुपर्छ भनेर देखाएका छन् ।

    नाटक हेर्न आएका स्थानीय सुनमाया तामाङले वास्ताविक घट्नामा मेल खाएको नाटक हेर्न पाउँदा खुसी लागेको बताईन् । उनले भनिन्, ‘बालविवाहको कारण मेरै आफन्तले नाटकमा देखाएको जस्तो समस्या भाग्नु परेको थियो । नाटक त मेरै बाहिनीको समस्यालाई हेरेर बनाएको जस्तो लाग्यो ।’

    बागमती प्रदेशको आर्थिक सहयोग तथा खानीखोला गाउँपालिकाको आयोजनासँगै सहकार्यमा आदिइत्यादि नामक संस्थाले तयार पारिएको सडक नाटक ‘जुनकिरी’मा सुशीलसिंह ठकुरी, दिवाकार घिमिरे, दीपमाला परियार, अनामिका लामिछाने, तेजवी थुलुङ राई, रविन दोङ र शान्ती भट्टाराईको जीवन्त अभिनय रहेको छ । नाटक ‘जुनकिरी’को लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन् ।

    बालविवाह विरुद्ध जनचेतना जगाउने नाटक गाउँपालिकाभित्रका धार्ने माध्यमिक विद्यालय, बालविकास, शारदा, जनहित, बुद्ध, कुमारी, भृकुटी र जनविकास गरी ८ वटा माविमा देखाइएको थियो ।कलाकारहरुले बालविवाहसँगै मद्याक पदार्थ सेवनले मानिसको जीवन पार्ने असरलाई जीवन्त रुपमा प्रस्तुत गरेका थिए । विद्यार्थी तथा अभिभावकहरुले धेरै विषयवस्तुलाई समेटेर बनाएको नाटकले समाजको यथार्थ चिणत्र गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।

    गाउँपालिका अध्यक्ष थिङले कलाकारहरुलाई प्रमाणपत्रद्धारा सम्मान गरेको थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष थिङ र उपाध्यक्ष जिम्बासँगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत लक्ष्मी प्रसाद अधिकारी, वडा अध्यक्ष, पालिकाका विभिन्न शाकाका प्रमुख, विद्यार्थी र स्थानीयको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार