२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

विमान दुर्घटनाको कारण भाव विह्वल शीर मेमोरियल‚ शोक सभा‚ मृतकहरूप्रति श्रद्धाञ्जली 


५०१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ २, सोमबार मा प्रकाशित १ साल अघि
  •  आर.एल श्रेष्ठ 
    काभ्रेपलाञ्चोक । पोखरामा विमान दुर्घटनामा परि ७२ जनाको मृत्यु भएको दुखद शोकको घडीमा काभ्रेको जेठो अस्पतालको रुपमा परिचित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालले शोक सभाको आयोजना गरी मौनधारण गरेको छ ।
    आइतबार पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी जहाज दुर्घटनामा पाइलट‚ डाक्टर‚ पत्रकार‚ संगीतकर्मी‚ विदेशी पाहुना‚ शिसु र बालकहरू समेतले ज्यान गुमाएको दुखद घडिमा बनेपा स्थित शीर मेमोरियल अस्पतालले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको थियो ।

    अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरूको उपस्थितिमा भएको उक्त शोक सभामा अस्पतालका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दर थापाले मृतक पाईलट‚पत्रकार‚ मृतक डाक्टरहरु‚ कोपाईलटको बारेमा चर्चा गर्दै उहाँहरूको मृत्युले मुलुकले ठुलो घाटा ब्यहोर्नु परेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो ।

    भाव विहोल अवस्थामा शोक सभामा उपस्थित स्वास्थ्य कर्मीहरुलाई अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.हेक्टर जि गार्यसले शोकको घडिमा धैर्यधारण गर्न अनुरोध गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पन गर्नुभएको थियो । त्यसैगरी शोक सभामा पास्टर पुरीले सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको लागि प्रार्थना गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार