३ माघ, वीरगञ्ज सर्लाहीमा रूखबाट लडेर एकजनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१४ नारायण खोला बस्ने ५८ वर्षीय रामबहादुर स्याङबाको मृत्यु भएको हो ।
सोमबार साँझ ६ बजे रामबहादुर घाँस काट्ने क्रममा रुखबाट अचानक लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले शव जाँच मुचुल्कालगायत प्रारम्भिक अनुसन्धान गरेको छ ।शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र अन्य अनुसन्धानका कार्य जारी रहेको प्रहरी जनाएको छ।
प्रतिक्रिया दिनुहोस