२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

तस्करले मारे दुईवटा गैंडा


३४४१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६ माघ, चितवन । तस्करले चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा दुई वटा गैंडा मारेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् ।

    निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् । स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए ।

    पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ । गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

    चालु आर्थिक वर्षमा निकुञ्जमा चोरीशिकारीबाट गैंडा मारिएको घटना यो पहिलो हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने विदेश भ्रमणमा छन् । यस वर्ष यी सहित १० गैंडा मरेका छन् । ९ वटा गैँडा भने अन्य प्राकृतिक कारणले मरेको निकुञ्जको दावी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार