२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

आज हिमपातको सम्भावना


२९०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ माघ २९, आईतबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल प्रदेश एक, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रहेको छ।

    आज दिउँसो प्रदेश एक, गण्डकी,  कर्णाली र सुदूर पश्चिम प्रदेशका  उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा अपरान्हतिर हावाहुरी लाग्ने सम्भावना रहेको छ। राति प्रदेश एकको  उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ।

    हिमपातको सम्भावना रहेको स्थानमा र तराईका केही भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार