२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

२२ लाख मूल्यको बियर जफत


३५१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ३, बुधबार मा प्रकाशित २ साल अघि
  • ३ फागुन, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएको बियर बिक्री गर्ने दुई गोदाममा छापा मारेको छ । जसबाट साढे २२ लाख रूपैयाँ बराबरको विभिन्न ब्रान्डका बियर बरामद भएको विभागले जनाएको छ ।

    काठमाडौंको सिनामंगलमा रहेको सीके ट्रेडिङमा छापामार्दा उक्त परिमाणमा उपभोग्य मिति सकिएको बियर बरामद भएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिए । यस्तो बियर भोजभत्तेर तथा रात्रिकालीन रेष्टुरेन्ट व्यवसायमा प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए ।

    विभागले मंगलबार पनि उपभोग्य मिति सकिएका करिब २ हजार १०० कार्टुन बियर काठमाडौंको धुम्बाराहीस्थित कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङबाट बरामद गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु