२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

आयोगको कार्यसम्पादन मूल्याङ्कनमा‚ धुलिखेल पहिलो‚ पाँचखाल १० औ, मण्डनदेउपुर लास्ट


५६७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन ७, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा काभ्रेमा रहेको १३ पालिका मध्य उत्कृष्ट हुन सफल भएको छ धुलिखेल नगरपालिका ।

    काभ्रेमा रहेको ६ नगरपालिका ७ गाउँ पालिका मध्य बसैभन्दा बडी अङ्क ६५.१३ अङ्क हासिल गर्दै धुलिखेल नगर पहिलो भएको हो । त्यसैगरी नमोबुद्ध नगरपालिकाले ६४.६० अङ्क हासिल गरी दोस्रो स्थान र ६२.१३ अङ्क हासिल गर्दै चौँरीदेउराली गाउँपालिका १३ नायिकाहरूमध्ये तेस्रो तर गाउँपालिकाहरू मध्य पहिलो हुन सफल भएको छ ।

    काभ्रेमा रहेका अन्य पालिकाहरूमा बनेपा नगरपालिका ६१.८५ अङ्क हासिल गर्दै चौथो ‚ रोसी गाउँपालिका ६१.१२ अँङ्क हासिल गर्दै पाँचौं‚ बेथानचोक गाउँपालिका ५९.८७ अङ्क हासिल गर्दै छैटौँ‚ पनौती नगरपालिका ५५.३८ अङ्क हासिल गर्दै सातौँ‚ भुम्लु गाउँपालिका ५२.९० अङ्क हासिल गरी आठौं ‚ खानीखोला गाउँपालिका ५२.२८ अङ्क हासिल गर्दै नऔंैं‚ पाँचखाल नगरपालिका ५२.२५ अङ्क सहित दसौं‚ तेमाल गाउँपालिका ४९.८७ अङ्क हासिल गर्दै एघारौं‚ मण्डनदेउपुर नगरपालिका ४६.५७ अङ्क सहित बारौँ र महाभारत गाउँपालिकाले ४६ अङ्क हासिल गर्दै १३ औं स्थान हासिल गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार