बनेपा । बनेपामा चोरीको विगविगि सुरुभएपछि इलाका प्रहरी कार्यालयले सुक्ष्म ढंगले अनुसन्धान थाली एक पछि अर्को सफलता हात पार्न सफल भएको छ ।
प्रहरीले बसमा पकेट मार्ने पकेटमारा पक्राउ गर्ने, चोरीमा संलग्न हुनेहरुलाई पत्रिक्रएर आवस्यक कारवाही थालेपछि काभे्रको प्रमुख व्यापारीक केन्द्र बनेपाका व्यवसायीहरु सुरक्षीत महसुस गर्न थालेका छन् ।
बनेपा न.पा.–८ स्थित गंगालाल रंजितकारले संचालन गर्दै आएको न्यू माँ चण्डेश्वरी अटो वर्कशपमा चोरी गरेको घटनाको प्रारम्भिक अनुसन्धान पश्चात उक्त वारदातमा संलग्न आरोपित कसुरदार काभ्रेपलाञ्चोक जिल्ला बनेपा न.पा.–१२ बासडोल बस्ने बर्ष २२ को जगदीश थापाको घर खानतलासि गर्दा चोरिएको; INFINIX sDklgsf] ANDROID मोबाईल सेट–१,चाँदीको सिक्री थान–१, REALME कम्पनिको ANDROID मोबाईल सेट–१ फेला पारेको छ ।
चोरीका सामान सहित पक्राउ परेका थापालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरीे मुद्धा शिर्षकमा म्याद थप अनुमती प्राप्त भई थप अनुसन्धान कार्य भईरहेको । प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस