२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

कालिञ्चोक हिउँले सेताम्मे भयो


३०८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन १५, सोमबार मा प्रकाशित १ साल अघि
  • लेकाली बस्ती मौसमअनुसार आफ्नो रुपरंग फेर्छन् । जस्तो कि, दोलखाको कालिञ्चोक ।

    फागुन दोस्रो सातामा जसै हिउँ फुस्फुसाउन थाल्यो, कालिञ्चोकको रुप नै फेरियो । आकाश धुम्म थियो । भुईंकुहिरोले छोपिंदै गरेका आसपासका डाँडाहरु, रंगबिरंगी लुङदरहरु, गोठतर्फ फर्किरहेका चौरीका बथान आफैंमा कुनै चित्रकारले कोरेका ल्यान्डस्केप झैं देखिए ।

    अन्ततः हेर्दाहेर्दै कालिञ्चोकका थुम्काथुम्की सेतो वस्त्रधारण गरेर ध्यानमग्न भएजस्तै लाग्न थाल्यो । कालिञ्चोक नजिककै कुरी बजारलाई पनि हिउँ नै हिउँले छोपिदियो ।यसपालि हिउँ नपर्दा स्थानीयवासी त्यति उत्साहित थिएनन् । किनभने यहाँको सौन्दर्यमा हिउँले बेग्लै आयाम थपेको छ । चाहे हिउँमा बिन्दास रमाउनेहरु हुन् वा चिप्लेटी खेल्नेहरु, कालिञ्चोकले हार्दिकतापूर्वक स्वागत गरिरहेको हुन्छ ।

    हिउँ नै हिउँले ढाकिएपछि जब आकाश खुल्छ र त्यसमा घामको किरण पोतिन्छ, आगन्तुकहरु यहाँको सौन्दर्य हेरेर अघाउँदैनन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार