प्रल्हाद शर्मा हुमागाई
काभ्रेपलाञ्चोक । नेकपा माओवादी केन्द्रका महाँसचिव देब गुरुङले नेपालमा निश्वार्थ रुपमा सेवा दिने संस्था भनेकै नेकपा माओवादी केन्द्र मात्रै रहेको बताउनु भयो ।
आज मंगलबार काभ्रेको संगठन तथा जनसम्वन्ध सुदृढ अभियानको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथिको रुपमा उपस्थित रहनुभएको पाटी महासचिव देब गुरुङले उक्त भनाइ राख्नु भएको हो ।
पाटिमा दुई लाइन संघर्ष नौलो नभएको चर्चा गर्नु हुदै त्यस्ता संघर्षले पाटिमा उर्जा दिन्छ तर नेपालमा त्यो संस्कारको बिकाश हुन नसक्नु आफैमा बिडम्बना भएको भन्नू भएको छ । एजेन्डामा बहस हुनु अत्यन्तै राम्रो हो जसले पाटिलाइ मजबुत बनाउ छ ।विचारमा बहस चलाउन पर्छ ।
सम्बोधन कै क्रममा महासचिव गुरुङले जनतासँगको सम्बन्ध सुदृढ गर्न र पार्टी भित्र सुद्धिकरण गर्नका लागि अभियान सञ्चालन गरेको बताउँदै अभियानमा स्वयंसेवक भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ । अध्यक्ष प्रचण्ड विरुद्ध लगाएको मुद्दा परिवर्तन विरोधी र प्रतिगामीहरुको हर्कत बताउँदै यसको विरुद्धमा सबै माओवादीहरु एक ढिक्का भएर लड्न आवश्यक रहेको औल्याउनु भएको छ ।
त्यसैगरि माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य सांसद सूर्यमान दोङले आत्मालोचना सहित जनता र कार्यकर्तामा जाने ठूलो अवसरको रुपमा अभियानलाई लिन कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।
कार्यक्रममा केन्द्रय सदस्य तथा संघीय सांसद, मिना तामाङ, पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सांसदहरू रत्न ढकाल, रुकु चौलागाईं, केन्द्रिय सदस्यहरु कृष्ण अधिकारी, भरत लामिछाने, तेजबहादुर मिजार, बैकल्पिक केन्द्रीय सदस्यहरु गंगाबहादुर तामाङ, दिननाथ गौतम लगायतका अतिथिहरुले राष्ट्रिय राजनीतिमा देखिएको अस्थिरतासङ्ग रहेर कार्यकर्तालाई संयमित भएर मुकाबिला गर्न निर्देशन समेत दिनु भएको छ ।
कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक भोला अर्यालले गर्नु भएको छ भने सञ्चालन जिल्ला सचिव दैवलाल घिसिङले गरेका थियो। कार्यक्रममा विभिन्न पालिकाबाट पालिका पदाधिकारी स्तरका कार्यकर्ताहरुको सहभागी थियो ।
प्रतिक्रिया दिनुहोस