२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

जिल्ला प्रशासनका नासु लाई प्रहरीले झ्याप


६७६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ चैत्र १६, बिहिबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ । प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँका नायव सुब्बा देवराज गौतमलाई पक्राउ गरेको छ । गौतमले तिब्बतियनलाई नागरिकता दिन सहयोग गरेको आरोप छ । नासु गौतमलाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरजञ्जनदत्त भट्टले रातोपाटीलाई बताए ।

    तिब्बतियनलाई नागरिकता दिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत ९ मा ५ जनालाई पक्राउ गरेको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका क्यान्टिन सञ्चालक विजय लामा सहितको ‘सेटिङ’ मा उनीहरुले तिब्बत घर भएका लोब्साङ ठिन्लेलाई नागरिकता बनाइदिएको आरोप छ ।

    झापाको कचनाकवल गाउँपालिका–३ घर भएका कृष्णबहादुर कटुवालले नागरिकता बनाउन आवश्यक कागजात बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । नागरिकता प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार