२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

तेमालमा स्थायी शिक्षकलाई भव्या स्वागत


१२३५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० बैशाख ३१, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा पदास्थापन भएर आएका प्राथमिक तहका नयाँ शिक्षकहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

    नेकपा (माओवादी केन्द्र) निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन तेमाल गाउँ समितिले तेमाल गाउँपालिकामा पदास्थापन भएर आएका नयाँ स्थायी शिक्षकहरुलाई स्वागत तथा सम्मान गरेको हो ।

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा माओवादी केन्द्र तेमाल गाउँपालिका कमिटीका इन्चार्ज दलमान थोकरले क्रान्तिकारी शिक्षकहरुले गुणस्तरीय शिक्षामा सबैभन्दा बढी योगदान गर्नुपर्नेमा जोड दिए । शिक्षकहरुको जस्तोसुकै समस्या आएपनि आफू र आफ्नो पार्टी समाधानको लागि तयार रहेको बताउँदै थोकरले शिक्षकहरु भित्रको विकृतिको विरुद्धमा लड्न समेत अनुरोध गरे ।

    नयाँ स्थायी शिक्षकहरुलाई प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष थोकरले सम्मान पत्र वितरण गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका तेमाल गाउँ कमिटी अध्यक्ष लालध्वज तामाङ, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष रामचन्द्र चौलागाईं, माओवादी केन्द्रको तेमाल उपाध्यक्षहरु कल्पना लामा, डिलबहादुर थोकर, तेमाल गाउँ कमिटी कार्यालय सदस्य तथा ९ नं. वडा अध्यक्ष चन्द्रबहादुर लामा, २ नं वडा अध्यक्ष देवराज तामाङ, बुद्धिजीवी संगठनका जिल्ला संयोजक चन्द्रप्रसाद मैनाली, लेखक संघका केन्द्रिय सचिवालय सदस्य डिल्लीराम राई, एकीकृत अखिल नेपाल शिक्षक संगठनका पालिका इन्चार्ज अनिक लामा लगायतका अतिथि रहेका थिए ।

    कार्यक्रम एकीकृत अखिल नेपाल शिक्षक संगठनका तेमाल गाउँ समिति अध्यक्ष संजय लामाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष डिएस दोङले स्वागत र सन्चालन सचिव कुलबहादुर तामाङले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार