२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

शहीदको आँसुले हामीलाई भतभति पोलिरहेको छ—गौतम (भिडियो सहित)


१७२१३ पाठक संख्या
  • २०८० जेष्ठ १६, मंगलबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के मैनाली
    बनेपा / “कसम खाएर भन्छु‚ शहीदले बगाएको रगतको अवमूल्यन हुन दिन्न ।” यदि कसैले अवमूल्यन गर्ने कुचेष्टा गरेभने हामी फेरी विगतमा जस्तै सडकमा उत्रन तयार छौं ।

    उक्त भनाई जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमले गणतन्त्र दिवसको अवसरमा शहीद परिवारलाई सम्मान गर्ने क्रममा सोमबार बनेपामा बताउनु भएको हो ।

    कार्यक्रममा समन्वय प्रमुख गौतमले थप्नुभयो —आज उपस्थित हुनुभएका शहीद परिवारको भनाइलाई सुन्दै सबै शहीद परिवारको भावना त्यही हो भन्ने ढंगले बुझ्दै राज्यले के गर्नुपर्छ ? तपाईंको अवस्था के छ ? समस्या के छन् ? त्यस्ता खाले समस्यालाई हामी एकता भएर कसरी अगाडि बढ्न सक्छौँ भन्ने कुरालाई सुझावको रुपमा उठाइदिन अनुरोध गर्नुभयो । काभ्रे जिल्लामा रहेका शहीद परिवारलाई सम्झने साथै सम्मान गर्ने उद्देश्यले गणतन्त्र दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको बताउनु भयो ।

    हामी शहीद परिवारलाई सम्झन चाहन्छौँ ‚ कतै शहीद परिवार कुन अवस्थामा हुनुहुन्छ कसरी बाँचिरहेको छ भन्ने विषयमा बुझ्नको लागि यो सम्मान कार्यक्रमको आयोजना गरेको हो । गौतमले भन्नुभयो । यो कार्यक्रममा सहभागि रहँदै गर्दा तपाईँहरूको आँखामा बगिरहेको आँसुहरू देखिरहेको छु । तपाइएको आँसुले हामीलाई भतभति पोलिरहेको छ‚ शहीद तथा बेपत्ता परिवारलाई लागेको चोट कहिल्यै मेटिदैन मुलुकको लागि बलिदानी दिने शहीद कहिल्यै फर्केर आउँदैनन् ।

    त्यो बगेको रगतको अवमूल्यन नहुने गरी देशले ‚ सरकारले अनि हामीले काम गर्नुपर्छ । तपाईँहरूसँग सँगै तपाईँहरूको सदस्यको रुपमा दुख सुखमा हातेमालो गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । हामीले सल्लाह गरेका छौं काभ्रेका २९० जना शहीदहरूलाई एकै स्थानमा राखेर सहिद पार्क निर्माणको लागि । आगामी दिनहरूमा काभ्रेको शहीद पार्कमा जिल्लाका सबै शहीदहरूलाई माल्यार्पण गर्ने अवसर मिल्ने प्रतिवद्धता जिसस प्रमुख गौतमले गर्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले कार्यक्रमको बारेमा प्रकाश पार्नु भएपछि सुरु भएको उक्त कार्यक्रममा शहीद परिवार तथा संघीय सांसद मिना तामाङले मुलुकमा आमूल परिवर्तनको लागि बलिदानी दिने शहीदहरू कुनै पार्टीको नभई मुलुकको गहना भएको बताउनु भयो । सदनमा पनि शहीद तथा बेपत्ता परिवारको विषयमा कुरा उठ्ने गरेको छ‚ बेपत्ता परिवारको अवस्थाको विषयमा सरकारले तत्काल निर्क्योल गर्ने विषयमा पहल भएको बताउनु भयो । छिटै सहिद परिवार‚ बेपत्ता परिवार तथा घाईते हरुका लागि नयाँ ढङ्गको योजना आउने सांसद तामाङले बताउनु भयो ।

    कार्यक्रममा नेपाली काँग्रेस जिल्ला उपसभापति रमेश हुमागाईँ‚ नेकपा एमालेका काभ्रे जिल्ला सचिव राजन भुर्तेल‚ नेकपा माओवादी काभ्रे जिल्ला अध्यक्ष भोला अर्याल‚ नेकपा एकीकृत समाजवादी काभ्रे सचिव गोकुल गौतम‚ पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री प्रसाद तिमल्सिना‚ शहीद परिवारहरू रेनुका चौलागाईँ‚ सरिता सापकोटा‚ विष्णु तिमल्सिना‚ मिरा कायस्थ समेतले आ—आफ्नो पीडा पस्कनु भएको थियो भने मानव अधिकार वादी भोजराज तिमल्सिनाले १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको बारेमा विस्तृत जानकारी गराउँदै घटनाक्रमको बारेमा श्रव्यदृश्य प्रस्तुत गर्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार