काभ्रेपलाञ्चोक । पाँचखाल नगरका उपप्रमुख सुर्य मायाँ दनुवारले नगरको तफर्बाट सुविधामा उपलब्ध भएको कुनैपनि प्रकारका सामानहरू दुरुपयोग भएमा नगरबाट प्रदान गरिने सेवा बाट बञ्चित गराउने बताउनु भयो ।
पाँचखाल नगरपालिका वडा नं ६ ले कृषकहरूलाई अनुदानमा मिनि ट्याक्टर वितरण कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख दनुवारले कृषकहरूको माग धेरै छ तर स्रोत साधन कमी भएकोले सवै जनालाई एकै पटक मागको सम्बोधन गर्न नसकिएको बताउनु भयो । कृषकहरूलाई हरेक प्रकारका अनुदानको सामाग्रीहरू उपलब्ध गराउँदै आएका छौं‚ कसैलाई पनि दोहोरिन नदिने र क्रमश आलो पालो सबैको समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । झुक्याएर कसैले दोहोरो सुविधा लिएको वा दुरुपयोग गरेको थाहा भए उजुरी गर्नोस् कारवाही हामी गछौँ उपप्रमुख दनुवारले भन्नुभयो ।
कार्यक्रममा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष राम शरण दुलालले भन्नुभयो “हामीले आज अनुदानमा वितरण गरेको जस्तै ट्याक्टर कतिपय ठाउमा ५० प्रतिशत अनुदानमा वितरण गर्दा २४ हजारमा गरेको छ तर पाँचखाल नगरको तफर्बाट वितरण भएको ट्याक्टर परल मुल्य ३० हजार ९९० मा ५० प्रतिशत अनुदान दिदा कृषकलाई १५ हजार ४९५ मा वितरण भएको छ ।” निर्वाचनको समयमा कुनै दलको ट्यागबाट निर्वाचित भएपनि निर्वाचित पश्चात म वडावासीको साझा व्यक्ति भएकोले निष्पक्षता ढंगबाट सेवा प्रदान गर्छु । वडावासीका धेरै साथ र सहयोगको अपेक्षा गरेको छु ताकि पाँचखाल वडा नं ६ नमुना ढङ्गको वडा हुन सफल रहोस् ।
वडावासीको सहयोग र ताली खाएर जनप्रतिनिधि भएको नाताले वडा बासिको सुझाव र अन्जानमा केहि कमजोरी भएमा गाली खान पनि तयार हरेको वडा अध्यक्ष दुलालले बताउनु भयो । वडामा ट्याक्टरको लागि ८६१ जनाको निवेदन परेकोमा अति आवश्यकता साथै भेगीय आधारमा कृषक छनोट गरी ३८ जनालाई उपलब्ध गरेको बताउनु भयो ।
पाँचखाल नगर कृषि शाखाका प्राविधिक ज्ञानेन्द्र दाहालले कार्यक्रम सञ्चालनको क्रममा कृषकहरूको हितको खातिर प्राविधिक सहयोग गर्न तत्पर रहेको बताउनु भयो । उहाँले थप्नुभयो पाँचखाल नगरले बिभिन्न वडामा गरी १३८ ट्याक्टर वितरण गर्दैछ । टेन्डर प्रकृया माफर्त वितरण गर्ने लक्षका साथमा अगाडि बढ्दा सहज भएको वताउनु भयो । उपलब्ध भएको ट्याक्टरहरू गुणस्तरको बारेमा नेपाल कृषि अनुसन्धान परिषद नार्कबाट इन्जिनियर गंगाराम अधिकारीले परिक्षण गरी वितरण प्रकृयामै सुरु गरिएको बताउनु भयो ।
वडा सदस्य मछिन्द्र श्रेष्ठबाट स्वागत मन्तव्य राखी सुरुभएको उक्त कार्यक्रममा वडा सदस्य एवं कार्यपालिका सदस्य कल्पना ढुंगाना ‚ वडा सदस्यहरू शुक्र मायाँ दनुवार‚ मञ्जु कोइराला समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस