काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको बनेपा न.पा. वडा नं. ८ मा लागुऔषध कारोबार गर्ने नवल किसोर दास लाई बनेपा प्रहरीले पक्रिएर आवस्यक कारवाही प्रकृया अगाडि बढाएको छ ।
पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा नं. ४ घरभई हाल का.प.जि. बनेपा न.पा. वडा नं. १० जनागालमा डेरा गरी बस्ने नवल किसोर दासले लागुऔषध साथमा लिई हिडेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलिले सन्तोष श्रेष्ठले संचालन गर्दै आएको खाजा घरमा शंकास्पदरुपमा बसिरहिको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।
अभियुक्त दासलाई नियन्त्रमा लिई शरिर खानतलासी गर्ने क्रममा NITRAVET–10 लेखेको लागुऔषध जस्तो देखिने चक्की थान ३६ फेला पारी बरामद गरी आवश्यक कारबाहीको प्रकृया अगाडि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस