२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेको गेष्ट हाउसवाट दुई युवतीको उद्दार , मनमाया लाई बनेपा प्रहरीले झ्याप


१०५५७ पाठक संख्या
  • २०८० भाद्र २५, सोमबार मा प्रकाशित १२ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं ८ मा रहेको सगरमाथा गेष्ट हाउसमा महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी ग्राहकहरुसँग यौनजन्य कृयाकलाप गराएको अभियोगमा गेष्ट हाउस सञ्चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडि बढाएको छ ।
    बनेपा प्रहरीले पाएको गोप्य सूचनाको आधारमा भदौ २२ गते साँझ होटलको गतिबिधि निगरानि राख्दा प्राप्त गोप्य सुचनासंग मेल खाएकोले प्रहरी टोलीले उक्त गेष्ट हाउसबाट सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं.७ घर भइ हाल बनेपा नगरपालिका ९ बस्ने बर्ष ४५ की मनमाया तामाङलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जानकारी गराएको छ । साथै गेष्ट हाउस बाट २ जना युवतीहरुलाइ उद्दार गरी आफन्तको जिम्मा लगाईएको जानकारी प्राप्त भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु