काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १ कलमसीमा ५५ बर्षिय बृद्धको लास फेला परेको छ ।
प्लटीङ गरेको जग्गाको छेउमा लास रहेको बनेपा ईलाका प्रहरी कार्याले जानकारी पाउनासाथ प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीको नेतृत्वमा प्रहरी टोलि घटनास्थल पुगेको थियो ।
प्लटीङ नजिक घोप्टो अबस्थामा रहेको उक्त लासको बारेमा केनाइन महाशाखा बाट कुकुर सहितको प्रहरीटोलीले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको जानकारी प्राप्त भएको छ ।
अनुसन्धानको क्रममा मृतक सिन्धुली जिल्ला मरिन गाउँपालिका वडा नं ५ घर भई हाल काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं १ कलमसीमा सुदिप घिमिरेको घरमा खेतको काम गरी बस्ने वर्ष ५५ को दुद्ध लाल थिङ भन्ने खुल्न आएको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरीरहेको बनेपा प्रहरीले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस