२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

काभ्रेपलाञ्चोकको शिर मेमोरियलबाट क्यान्सरको उपचार सुरु(भिडियो सहित)


३३०७३ पाठक संख्या
  • २०८० आश्विन २५, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको जेठो अस्पतालको रुपमा बनेपा नगरपालिका वडा नं ५ (घोगेचौर) मा रहेको शिर मेमोरियल अस्पतालबाट क्यानसर रोगको उपचार सुरु हुने भएको छ ।

    अस्पतालकी मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतका अनुसार पहिलो चरणमा अस्पतालमा आएका विरामीहरुलाई रिफर गर्नु नपर्ने गरी १२ शय्याको विभागबाट उपचार सेवा सुचारु हुनेछ ।

    आगामी कार्तिक १० गतेबाट औपचारीक रुपमा क्यान्सरको उपचारको सुरुवात गर्नको लागि १२ शैया साथै दक्ष स्वास्थ्य कर्मीहरुको व्यवस्थापन गरीसकेको आज ( विहिबार ) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको छ ।

    पत्रकार सममेलनमा भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरका विरामीका उपचार गर्दै रहनु भएको डा . पुष्प खरबुजाले शिर मेमोरियल अस्पतालबाट क्यान्सर बिरामीको उपचारको सुरुवात गर्दा काभ्रेपलाञ्चोक र आसपासका जिल्लाहरुमा रहेका विरामीहरुलाई सहज हुने बताउनु भयो । सहज ढंगबाट उपचारको सेवा दिन नसक्दा विरामीहरुमा मानसिक र शारीरिक रुपमा थप अशक्त भएको अनुभव सुनाउदै शिरबाट सेवा दिदा सहज हुने बताउनु भयो । शिरवाट सुरु गर्नलागेको क्यान्सरको उपचारको लागि आफुसंग भएको अनुभवलाई शेयर गर्नाको साथै उपचारको लागि साथ सहयोग गर्ने बताउनु भयो ।

    पत्रकार सम्मेलनमा शिर मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा.एन्जिला बस्नेतले भन्नुभयो —शिरबाट प्रदान गरिने क्यान्सर रोगको उपचारमा सहज साथै शुलभ शुल्कमा सेवा दिने तयारी गरेका छौं । रोगलागेको आसंका भएमा परिक्षण गरी क्यान्सर भएको पाईएमा किमो थेरापी लगायतका बिधिहरुको माध्यमबाट सेवा दिने छौं । उपचारको लागि आईसियु बेड, को व्यवस्था साथै विशेषज्ञ डाक्टर तथा नर्सहरुलाई तालिम प्रदान गरिसकेको डा. बस्नेतले जानकारी गराउनु भयो ।

    अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकृत सुन्दर थापा मगरले भन्नुभयो—अक्टोबर महिना विश्वव्यापी रुपमा स्तन क्यान्सर रोगको जागरुक महिना भएकोले सोही अवसरलाई मध्यनजर गर्दै सोही महिनाबाट क्यान्सरको उपचार सेवा सुरु गरिने तयारी गरेका छौं । कार्तिक ३ गते बिहान ७ बजे देखि १० बजे सम्म बनेपाको बजारमा प्रभातफेरी र्यालीको आयोजना गरी जनचेतना प्रदान गरिने साथै कार्तिक १० गतेबाट बिधिवत रुपमा उपचारको सुरुवात गर्ने छौं ।

    कार्यक्रममा डा. धुर्व कँडेलले अस्पतालमा उपचारको लागि आउने बिरामीहरुको परिक्षण गर्ने क्रममा क्यान्सरको संभावना रहेका विरामीहरुलाई अन्यत्र रिफर गर्नुपर्ने क्रम बढ्दै जाँदा शिरबाट क्यान्सरको उपचार सुरुगर्न लागेको बताउनु भयो । पछिललो समयमा बजारीया तयारी खानपान तथा रहनसहनले गर्दा समस्या हुनसक्ने संभावना रहेकोले सो बिषयमा सचेत हुनुपर्ने बताउनु भयो । क्यान्सरको उपचारको लागि बिभिनन नीजि अस्पतालहरुमा जाँदा खर्च बडि हुने भएकोले कतिपय विरामीहरुले उपचार गर्न निकै समस्या भएको बताउंदै सुलभ ढंगको सेवाको लागि शिरले उपचार सुरुगर्न लागेको बताउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार