२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

पाँचखालमा बजार अनुगमन‚ व्यवसायीलाई अनुगमन टोलीको चेतावनी


१५०२९ पाठक संख्या
  • २०८० कार्तिक २, बिहिबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा कृषिको क्षेत्रमा अग्रपङ्तिमा रहेको पाँचखाल नगरमा उपमेयर सूर्य माया दनुवारको संयोजकत्वमा बजार अनुगमन भएको छ ।

    चाड पर्वको मौका छोप्दै बजारमा कम गुणस्तरको खाद्य सामाग्री ‚ मिसावट युक्त दैनिक उपभोग्य सामाग्री ‚ नापतौलमा मर्काउने तथा बिक्री मूल्य सार्वजनिक नगरी मनलाग्दी मूल्यमा खरिद बिक्री साथै उपभोगको लागि तोकिएको म्याद सकिएका सामाग्रीहरू बिक्री बितरण जस्ता कार्यलाई लक्षित गरि अनुगमन गरिएको थियो ।

    पाँचखाल नगरको प्रमुख व्यापारिक क्षेत्रको रुपमा रहेको तामाघाट क्षेत्रबाट सुरुभएको अनुगमनलाई निरन्तरता दिने नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतमले जानकारी गराउनु भयो । उहाँका अनुसार बजार अनुगमन गर्दा देखिएको कमी कमजोरीलाई सुधार्न कडाइका साथ निर्देशन दिएको छ ।

    बजार अनुगमनको क्रममा केही मार्ट पसलहरूमा उपभोग्य म्याद सकिएको सामाग्रीहरू फेला परेको ‚ बजारमा बिक्री मूल्य शुचि नभएको ‚ मिठाई तथा मासुपसलमा सफाइमा सुधार्नुपर्ने ‚ गोदाममा राखिएको सामान व्यवस्थित ढंगबाट राख्नुपर्ने लगायतको विषयमा सुधार्नुपर्ने सुझाब अनुगमन टोलीले दिएको छ ।

    पहिलो पटकको लागि सुझाव‚ अलि निकै कमजोरी भएकालाई चेतावनि एवं व्यवसायीहरूले प्रतिवद्धता कागत समेत गरेका छन् । दोस्रो अनुगमनको क्रममा यस्ता समस्या हरू सुधार नभएमा सामानहरू जफत गरिने अनुगमन टोलीले व्यवसायीहरूलाई सुझाव दिएका छन् । बजार अनुगमनमा बिषयगत दक्षताको लागि नगरपालिका बाट कृषि शाखा ‚ स्वास्थ्य शाखा ‚ जिन्सी शाखा ‚ प्रशासन शाखाको प्रतिनिधिहरू सुरक्षा निकाय ‚ उद्योग वाणिज्य संघ ‚ सञ्चारकर्मीहरू समेतको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार