२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

दशैमा घरजाने यात्रुले पैसा तिनु नपर्ने


७९०५ पाठक संख्या
  • २०८० कार्तिक ५, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । दशैंमा घर फर्कने भुम्लुवासीको लागि नेपाली कांग्रेस भुम्लुले निशुल्क बसको व्यवस्थापन गरेको छ ।

    कांग्रेसका भुम्लु गाउँपालिका सभापति जितेन्द्रमान तामाङ (दाबा लामा) को नेतृत्वमा काठमाडौँ उपत्यकाबाट गाउँघर जाने सबैलाइ निशुल्क बसको प्रवन्ध मिलाइएको हो ।
    गाउँपालिका उपाध्यक्ष समेत रहेका जितेन्द्रमान तामाङका अनुसार भुम्लुका सबै वडावासी दर्जनौं बस मार्फत सहज र निर्धक्क हिसाबले आफ्नो गाउँघर फर्किएका छन् ।
    चाडपर्वमा महँगो मोटर भाडा तिर्दा समेत सार्वजनिक बसमा आवतजावत गर्न नसकिने अवस्थामा नेपाली कांग्रेस भुम्लुले निशुल्क र व्यवस्थित यात्रा बन्दोवस्त गरेको भन्दै यात्रुहरुले खुशी प्रकट गरे ।
    ‘दशैं खर्चको चपेटामा परेकालाई यात्रा सहज र सस्तो होस् भनेर भुम्लुका सबै नागरिकका लागि सेवाभावले निशुल्क बस व्यवस्थापन गरेका हौँ’– सभापति तामाङले भने ।
    यो धेरै सामाजिक संघसस्था र व्यक्तिको सहकार्यमा संचालन गरिएको बिशुद्द परोपकारी काम हो तसर्थ यसलाई राजनीतिक चस्माले नहेर्न समेत उनले आग्रह गर्दै सहयोगी सबैलाई आभार प्रकट गरेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार