२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

मन्त्री लम्सालको पहलमा काभ्रेपलाञ्चोकमा रासायनिक मलको व्यवस्था


१६८२३ पाठक संख्या
  • २०८० कार्तिक १५, बुधबार मा प्रकाशित १ साल अघि
  •  

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल‚ मण्डनदेउपुर र बनेपा नगरपालिकामा प्रमुख नगदे बालिको रुपमा लगाइने आलु खेतीमा रासायनिक मलको अभावलाई मध्यनजर गर्दै बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको पहलमा ५ हजार ६ सय बोरा रासायनिक मलको व्यवस्था गर्नुभएको छ ।

    सरकारले रासायनिक मलमा कोटा निर्धारण गरिएको छ । निर्धारित कोटामा थप हुने गरी मौजात रहेको मल बाट उपलब्ध गराउने गरी आज बुधबार निर्णय भएको हो ।  कृषि सामाग्री कम्पनी माफर्त उक्त मल उपलब्ध हुने जानकारी प्राप्त भएको छ ।

    मौजात रहेको मलबाट हाललाई पाँचखाल नगरपालिकामा १ हजार बोरा युरिया र २ हजार बोरा डिएपी ‚ मण्डनदेउपुर नगरपालिकाको लागि युरिया ७ सय बोरा र डिएपी १ हजार बोरा र पनौती नगरपालिकाको लागि युरिया ३ सय बोरा र डिएपी ६ सय बोरा मलको व्यवस्था भएको छ । जिल्लामा रहेको अन्य पालिकाहरूमा पनि आवश्यकताको आधारमा क्रमश उपलब्ध गराउन पहल गरिने जानकारी प्राप्त भएको छ ।

    जिल्लामा कोटाबाट आउने मलमा ५ हजार ६ सय बोरा रासायनिक मल थप हुँदा धेरै राहत नहुनेभएको छ । जसबाट करिव ४ हजार रोपनीमा आलु खेती गर्नको लागि पुग्ने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार