काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ट्राफिक प्रहरी समेतको सकृयतामा अवैध रुपमा ओसार पसार गर्दै गरेको चिनि वरामद गरी कानुनि कारवाही प्रकृया अगाडि बढाएको छ ।
आज (विहिबार) काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ९ स्थित काभ्रेभञ्ज्याङमा विपि राजमार्गमा चेक पोष्ट अगाडी प्रहरी र ट्राफिक सहितको संयुक्त टोलिले चेकिङ गर्दा पुर्वको बिभिन्न स्थानबाट आएको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको १० कुईन्टल (१००० के. जि. ) बराबरको चिनि बरामाद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस