काभ्रेपलाञ्चोक । मध्य रातको समयमा हातमा हेलमेट बोकेर घुम्दै गरेका व्यक्ति लाई प्रहरी सिभिल ग्रस्ति टोलिले सका गरी अनुसन्धान गर्दा मोटरसाईकल चोरी गरेको खुलेपछि कानुनी प्रकृया अगाडि बढाईएको छ ।
प्रहरीले सोधपुछ गर्दा अभियुक्तहरु काभ्रेपलाञ्चोक जिल्ला महाभारत गाउँपालिका वडान नं ७ बस्ने बर्ष २९ को सुनिल घलान र बर्ष २० को मनोज घलान रहेको खुलेको छ । अभियुक्तहरुले बनेपा न.पा. वडा नं. ८ बस्ने लाल बहादुर लामाले सडक छेउमा पार्किङ गरी राखेको मो.सा.को हेल्मेट चोरी गरी हिडेको अवस्थामा प्रहरीले अनुसन्धान गर्दा मोटरसाईकल चोरी गरेको खुल्न आएको छ ।
कार्तिक १७ गते जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं १० बस्ने सुदिप रायमाझीले बनेपा ९ नयाँ बस्तिस्थित सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा.प्र.३–०२–००८ प २६१८ नं.२२० सि.सि. को पल्सर मोटरसाईकल चोरी गरेको खखुल्न आएको छ । त्यसैगरी कार्तिक १० गते काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका वडा नं ६ बस्ने मधु कुमार श्रेष्ठले बनेपा नगरपालिका वडा नं ७ तरकारी बजार सडक किनारामा पार्किङ गरी राखेको अबस्थाबाट बा.७० प ४२७९ नं. को २२० सि.सि.को पल्सर मो.सा. हेलमेट चोरीगरेको प्रहरीले जानकारी गराएको छ ।
त्यसैगरी सोधपुछको क्रममा भदौ २७ गते काभ्रेपलाञ्चोक बनेपा वडा नं. १ बस्ने जनार्दन थापाले बनेपा न.पा. ३ काशिभञ्ज्याङ्ग स्थित सडक किनारामा पार्किङ गरि राखेको बा.प–०२–०३७ प २९६६ न.को १५० सि.सि.को मोटरसाईकल चोरी गरी लुकाई राखेको खुल्न आएको थियो । बयानको आधारमा परिचालित प्रहरी टोलिले उक्त मोटरसाईकल फेला पारी चोरी गर्ने सुनिल घलान र मनोज घलानलाई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट चोरी सम्वन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस