२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

आज कार्तिक २५ शनिवार को राशिफल


१८७९९ पाठक संख्या
  • २०८० कार्तिक २५, शनिबार मा प्रकाशित २ साल अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    आँटेको काममा सफलता नमिल्न सक्छ । खर्च बढ्ने हुँदा मन चिन्तित हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्छ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    आज धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउनेछ । प्रेममा समेत अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    आज विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा बढी सफलता मिल्नेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    बिभिन्न अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका वैदेशिक कार्य अघि बढ्नेछ । मार्केटमा पनि सफलता मिल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार