२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

शेयर सदस्यको पर्व मनाउन ३५ लाख वितरण


१७३१७ पाठक संख्या
  • २०८० कार्तिक २६, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ४ नालामा सञ्चालन रहेको सीड नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाको शेयर सदस्यहरूले पर्व मनाउन सहज रहोस् भनी ३५ लाख प्रदान गरेको छ ।

    सहकारी संस्थामा आवद्ध शेयर सदस्यहरूले पर्व बचतको शीर्षकमा राखेको बचत ९० लाख मध्य संस्थाको २२ औं साधारण सभाको अवसरमा उक्त रकम प्रदान गरिएको हो । हिन्दुहरूको दोस्रो ठुलो पर्वको रुपमा मनाइने दिपावलीको सुरुवातकै दिन वितरण गरिएको उक्त रकमको साथमा लक्ष्मी पूजाको लागि सहजताको लागि चाँदीको सिक्का सहित प्रदान गरिएको थियो ।

    २२ औं साधारण सभासम्म आइपुग्दा संस्थामा ४०७८ शेयर सदस्य ‚ शेयर पूँजी २‚०८‚७१६०० । संस्थाले ३२‚७८‚०५१६१ को कारोबार गरेको संस्थाले ३००८५९२२ । कर्जा लगानी गरेको छ । आर्थिक वर्ष ०७९/०८० को अन्त्य सम्ममा २५‚९७‚६९‚१७६ निक्षेप संकलन गर्न सफल भएको संस्थाले सदस्यको हितको साथै सामाजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ ।

    संस्थाका अध्यक्ष रेशमलाल नेपालीको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव राजन श्रेष्ठले प्रगति प्रतिवेदन ‚ कोषाध्यक्ष नवराज श्रेष्ठले आर्थिक प्रतिवेदन ‚ लेखा सुपरीवेक्षण समितिका संयोजक राजाराम दाहालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सिद्धि बहादुर कर्माचार्यले संस्था र शेयर सदस्यविचको सम्बन्धको बारेमा प्रस्ट्याउनु भएको थियो । त्यसैगरी कार्यक्रममा असल ऋणी ‚ उत्कृष्ट बचत कर्ता लगायत संस्थाको हितको खातिर योगदान पुर्याउने शेयर सदस्यहरूलाई बिभिन्न विधामा सम्मान गरिएको थियो  ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार