पाल्पामा भरुवा बन्दुक पड्केर एक जनाको मृत्यु भएको छ । निस्दी गाउँपालिका–४, मित्याल गाङ्गसिंङडाँडा बस्ने ४८ वर्षीय डम्बर बहादुर सारुको आफैंले बोकेको बन्दुक पड्किएर आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी फापर लगायत अन्नबाली खान आएको दुम्सीलाई हान्न बारीमा पुगेका सारु चिप्लिएर लडेपछि आफैंले बोकेको बन्दुक पड्किँदा घाइते भएका थिए । उपचारका लागि रामपुर अस्पताल ल्याएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
सारुको खुट्टाको घुँडामाथि छर्राले लागेको छ भनने प्रहरीले एक नाल भरुवा बन्दुर, भिर्ने झोला अम्लिसोघारीमा बरामद गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीे जनाएको छ ।
प्रतिक्रिया दिनुहोस