२०८३ अषाढ ४, बिहिबार | Thu, 18, Jun, 2026

नक्कली नागरिकता प्रदान गर्ने खरेललाई काभ्रे प्रहरीले झ्याप


१६६६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय बाट झुटा बिवरणको आधारमा नपालि नागरिकता प्रदान गरेको अभियोगमा नागरिकता जारी गर्ने अधिकारी झपेन्द्र राज खरेललाई काभे्र प्रहरीले पक्राउ गरी अनुसन्धान कार्य सुरु गरेको छ ।

    हाल मेलम्ची नगरपालिकामा प्रशासकीय अधिकृत (आठौ तह) को रूपमा कार्यरत खरेल उपचारको लागि भारत गएको सूचनाको आधारमा खोजतलास गर्दै जाँदा काभ्रे बाट पक्राउ गरिएको हो ।

    खरेल जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत रहंदा नक्कलि विवरणको आधारमा नागरिकता वितरण गरेको पाईएको छ । प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जको जाहेरिले बादि नेपाल सरकार प्रतिबादी बेल्जीयम नागरिक दावा छिरिङ (नेपालि नाम निमा तामाङ) भएको झुट्टा बिवरण पेश गरी नागरिकता लिएको । ना.प.नं. ३०–०१–७४–११८६८ मितिः– २०७४–०९–२० जारि गर्ने अधिकारीः– झपेन्द्र राज खरेल, त्यसैगरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले बादि नेपाल सरकार प्रतिबादि राजु गुरुङ भएको ।

    झुटा बिवरण पेश गरी दोहोरो नागरिकता र राहदानी लिएको । ना.प.नं. ३०–०१–७४–१०९७७ मितिः– २०७४–०८–१३ जारी गर्ने अधिकारीः– प्रशासकिय अधिकृत झपेन्द्र राज खरेल र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको जाहेरीले बादि नेपाल सरकार प्रतिबादी कुलानन्द भण्डारी समेत भएको झूटा बिवरण पेश गरी दोहोरो नागरिकता लिएको । ना.प्र.प. जारी गर्ने अधिकारीः– झपेन्द्रराज खरेल ना.प.नं. ३०–०१–७४–०८००४ जारी मितिः– २०७४–०९–२० साथै जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोक सँग समन्वय गरि अन्य झुट्टा बिवरण पेश गरी नागरिकता जारी भएकोमा निजको संलग्नता सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार