२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

वडाले वडा बासिको आँखा परिक्षण गर्दा २२ लाई मोतिबिन्दु


५५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ जेष्ठ २९, मंगलबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ मा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिविरमा २०४ जनाले आँखा परिक्षण गराउँदा २२ जनालाई मोतिबिन्दु भएको पाइएको छ ।

    पाँचखाल नगरपालिका वडा नं ३ ले विगत ७ वर्ष देखी वडावासीहरूको आँखा परिक्षण गर्दै आएको वडा अध्यक्ष सुन्दर अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो “मानव शरिरको आँखा अत्यन्त महत्वपूर्ण अङ्ग हो ‚ नियमित रुपमा आँखा परिक्षण गराउँदा आँखामा जलविन्दु जस्ता घातक रोगले आक्रमण गर्न पाउँदैन ।” जलविन्दुको सुरुको अवस्थामा उपचार गर्न सकिन्छ । आँखामा मोतिबिन्दु लागेको पनि परिक्षण विना जानकारी नहुनाले आँखामा दुने समस्याले गर्दा वडावासी दृस्टि विहीन हुन नपरोस् भन्ने प्रमुख उद्देश्यले नियमित रुपमा आँखा परिक्षण गराउने कार्य गर्दै आएका छौं ।

    पाँचखाल नगरपालिका वडा नं ३ ले वडा बासिको आँखा परीक्षणको लागि १ लाख बजेट व्यवस्था गरेको थियो । वडा कार्यालयको तफर्बाट आयोजना गरेको उक्त शिविर सञ्चालनको लागि प्राविधिक सहयोग लायन्स क्लब अफ पाँचखालले व्यवस्थापन गरेको थियो । शिविरमा निशुल्क रुपमा आँखाको औषधी तथा चस्मा वितरण गरिएको थियो ।

    शिविरमा २०४ जनाले आँखा परिक्षण गराएकोमा ८१ जनालाई चस्मा वितरण ‚ १५० जनालाई औषधी वितरण गरिएको आँखा परीक्षणमा सहभागि प्राविधिक दमन अधिकारीले जानकारी गराउनु भयो । अधिकारीले थप्नुभयो पाँचखाल वडा नं ३ ले विगतबाटै वडा बासिहरूको आँखा परिक्षण गर्दा सो वडामा जटिल खालको समस्या नहुने साथै आँखाको रोगबाट पाँचखाल वडा नं ३ सुरक्षित रहेको बताउनु भयो । पाँचखाल वडा नं ३ ले जुन ढंगबाट स्वास्थ्यको क्षेत्रमा भूमिका खेलेको छ सो सो कार्यलाई अन्य स्थानीय तहले पनि पछ्याउन जरुरी छ । प्राविधिक अधिकारीको तर्क छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार