२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

मापसे गर्ने चालकलाई काभ्रे प्रहरीले च्याप्पै


१५५४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ अषाढ ६, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार बिरुद्ध अन्तराष्ट्रिय दिवस“ साताव्यापी रुपमा मनाउने क्रममा मापसे गर्ने चालकलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही अगाडि बढाएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्ब्ल् ऋबmउबष्नल प्बखचभ ब्नबष्लकत ल्बचअयतष्अक अवधारणा लागु गरी आज विहिबार धुलिखेलमा ट्राफिक प्रहरी र जिल्ला जनस्वास्थ्य कार्यालयका डाक्टरसंग समन्वय गरी २९ जना सवारी चालकहरुले लागु पदार्थ सेवान गरे नगरेको चेकजाँच गरेको थियो ।

    सो चेकजाँच गर्दा सिन्धुपाल्चोक जिल्ला साँगाचौकगढी नगरपालिका वडा नं.८ बस्ने वर्ष ३२ को पासाङ दावा शेर्पा बा.प्र.०३–००१ ज ४०५ नम्बरको ई.भी. चालक, सोहि स्थान बस्ने वर्ष २७ को नकुल खत्री बा.प्र.०१–००६ ख ४८५१ नम्बरको कालिञ्चोक यातायात प्र.लि. र जिल्ला दोलखा गौरी शंकर गाउँपालिका ३ बस्ने २९ को रिम बहादुर कार्की बा.४ ख ५७५५ नम्बरको अरनिको यातायातको सवारी चालकले लागु पदार्थ सेवान गरी सवारी चलाएको प्रहरीले जनाएको छ । उल्लेखिच चालकहरुलाई कानुन बमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि वढाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार