काभ्रेपलाञ्चोक । काभ्रेपलाञेक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ मा सिलाई कटाई तालिम सोमबार सम्पन्न भएको छ । सो तालिमबाट २३ जना प्रशिक्षार्थीहरू आत्मनिर्भर हुने मौका मिलेको छ ।
पाँचखाल नगरपालिका वडा नं ४ ले आ.व.०८०/०८१ को बजेटबाट विपन्न तथा सक्षम महिलाहरूको क्षमता अभिवृद्ध तथा आत्मनिर्भर बनाउने तक्षका साथ २ लाख ५० जहार बजेटको व्यवस्था गरेको थियो ।
सो बजेटबाट तालिमको आयोजना गरी २३ जना महिलाहरूलाई लगातार ४५ दिन सम्म तालिम प्रदान गरिएको थियो । सो तालिमबाट सहभागीहरूको आत्मनिर्भर हुने मौका मिलेको छ । विपन्न सक्षम महिलाहरू अवसर नपाउँदा बेरोजगारीको चपेटामा परेका थिए । तालिमको कारण सहभागि २३ जनाको बेरोजगारी समस्या हल भयो ।
तालिमको विषयमा वडा अध्यक्ष सुन्दर तमाङसंग सम्पर्क राख्दा उहाँले भन्नुभयो —वडाले २ लाख ५० हजार बजेटको व्यवस्था गरि सुरु गरेको तालिममा आवश्यक कपडा‚ धागो ‚ कैँची लगायतको सामाग्री खरिद गरियो । तालिम अवधिभर प्रशिक्षार्थीहरूले सिलाएका कपडाहरू समापनको क्रममा प्रशिक्षार्थीहरूलाई नै वितरण गरिएको छ । तालिमबाट २३ जना महिलाहरूलाई रोजगारीको वातावरण सृजना भएको छ । अव उहाँहरु आत्मनिर्भर हुनु भएको छ । अध्यक्ष तामाङले थप्नुभयो ।
प्रतिक्रिया दिनुहोस