२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

काभ्रेपलाञ्चोक प्रहरी प्रमुख बसुन्धरा सम्मानित


२८३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ आश्विन ३०, बुधबार मा प्रकाशित १ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलमा रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख ६९ औँ प्रहरी दिवस २०८१ को अवसरमा उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

    बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आयोजित ६९ औं प्रहरी दिवस २०८१ को विशेष समारोहमा बागमती प्रदेशका मुख्य मन्त्री माननीय बहादुर सिंह लामा तामाङबाट जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का सम्मानित हुनुभएको हो ।

    गत असोज ११ र १२ गते पारेको अविरल वर्षाका कारण समग्र काभ्रेपलाञ्चोक जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याउनु भएको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरुप उत्कृष्ट विपद व्यवस्थापक पुरस्कार र कदर पत्र प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जानकारी गराएको छ ।

    त्यस्तै उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक कृष्ण गिरी सम्मानित हुनुभएको छ । नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात् गर्दै कुशल व्यावसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा गिरीलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार प्रदान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार