२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

उज्यालोको सामुदायिक भेला पाँचखालमा


४३६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ कार्तिक ३०, शुक्रबार मा प्रकाशित ५ दिन अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकामा उज्यालो फाउण्डेशनले सामुदायिक भेला समापन गरेको छ ।

    भेलामा नगरपालिकाका उपप्रमुख सूर्य माया दनुवारकों आतिथ्यमा नगरपालिकाका कर्मचारी, महिला स्वयंसेबीका, शिक्षक, युवा क्लबका सदस्य, महिला जनप्रतिनिधिहरुको उपस्थिति सम्पन्न भएको हो ।

    सामुदायिक भेला कार्यक्रममा पाँचखाल नगर उपप्रमुख दनुवारले यस कार्यक्रमबाट लाभान्वित सहभागीद्वारा नगरपालिकामा खबरदारी गर्ने तथा सामाजिक कार्यहरू गर्नको लागि कार्यक्रम लिएर बजेट माग गर्न आवहान गर्नु भयो । नगरपालिकाका कर्मचारी, महिला स्वयंसेबीका, शिक्षक, युवा क्लबका सदस्य, महिला जनप्रतिनिधिहरुलाई अभिमुखीकरण कार्यक्रम सम्बन्धि सम्बोधन गर्ने क्रममा उक्त धारणा राख्नुभएको थियो ।

    कार्यक्रम संयोजक आज्ञा श्रेष्ठले उज्यालो फाउंडेशनको बारेमा जानकारी दिनु भएको थियो । एम्पावहर २०२३ को सहभागी प्रजीता ढुंगानाले पनि आफ्नो अनुभब साझा गर्नु भयो । वहाँले विगतमा गर्नु भएको बालविवाह सम्बन्धि परियोजनाको कारण उक्त वडामा बालविवाहमा कमी आएको, नगरपालिकाको प्रांगणमा हस्तकलाकों बिभिन्न सामाग्रीहरु निर्माण गरी बिक्री गरेर आगामी इंस्टिट्यूटको लागि बचत गरिएको साथै एम्पावहर २०२४ को ५ दिने नेतृत्व इन्स्टिच्युटको लागि पनि सम्पूर्ण भेलाका सहभागी अनिवार्य रुपमा आवेदन दिन अनुरोध गर्नु भयो ।

    एम्पावहर २०२३ को सहभागी प्रजीता ढुंगाना आफ्नो अनुभब साझा गर्दै परियोजना संयोजक जानुका खातिवडाले एम्पावहर २०२४ अन्तर्गत मंसिर ९ बाट १४ सम्म हुने ५ दिने नेतृत्व इन्स्टिच्युट को बारेमा जानकारी गराउनु भयो । उक्त इंस्टिट्यूट मा सहभागी जनाउनका लागि आवाहन खुला गरिएको र मंसिर ४ सम्म मात्रै आवेदन दिन मिल्ने कुरा स्पस्ट गर्नु भयो । परियोजना अन्तर्गत ५ ओटा सामुदायिक परियोजनाका समूहहरू निर्माण गरी प्रत्येक समूहलाई एक जना सल्लाहकार दिईनेछ । जसले समुहहरूलाई परियोजना पूरा गर्न मद्दत गर्नु हुनेछ.।

    प्रत्येक समुहलाई आफ्नो परियोजना सम्पन्न गर्नको लागि २५ हजार रुपैयाँ बीज कोषमा दिईनेछ । सहभागीहरुले आआफ्नो समुदायमा विधमान समस्याहरु अथवा अभ्यासहरु (जस्ले किशोरी र महिलाहरुलाई धेरै असर गर्छ) समेटेर ५ ओटा समुदायक परियोजना गर्नु हुनेछ । यसै परियोजना अन्तर्गत बनेपामा रहेको पॉलिटेकनिक इंस्टिट्यूट मा तालीमका सहभागीहरुलाई इमर्शन भ्रमणमा लाने र संस्थागत पारियोजनाको अनुगमन तथा मूल्यांकन पनि हुने जानकारी गराईयो । एक दिने फेमिनिस्ट कॉनफेरेंस गर्ने र नेतृत्व इन्स्टिच्युटको सहभागिहरुको दीक्ष्यान्त समारोह पनि गर्ने जानकारी गराईयो ।

    यस्तो छ उज्यालो फाउण्डेशनले गर्ने कार्यहरु

    उज्यालो फाउण्डेशन एक फेमिनिस्ट संस्था हो जुन सबै किशोरी, महिला, र गैरबाइनरी व्यक्तिहरूका लागि सिक्न र नेपालमा नेतृत्व गर्न सुरक्षित ठाउँहरू सिर्जना गर्न काम गर्दछ, साथसाथै विभिन्न नेतृत्व इन्स्टिच्युट सो समुहको लागि सञ्चालन गर्दै आएको छ। उज्यालो फाउण्डेशनले सञ्चालन गरेका महत्वपूर्ण परियोजनाहरु मध्य एम्पावहर पनि एक हो ।

    २०१५ मा प्रारम्भ गरिएको एम्पावहर, एक नेतृत्व र विचार इन्क्युबेशन कार्यक्रम हो जसले महिलाहरुको नेतृत्व, क्षमता, र विचारहरूलाई अगाडि बढाउन, समुदायको समस्या समाधान गर्ने परियोजनाहरु कार्यान्वयन गर्न प्रत्यक्ष रूपमा काम गर्दछ। एम्पावहर, नेपाल भित्रका महिलाहरु (१८–२९ वर्ष) को लागि नेतृत्व, अधिकार, उद्यमशीलता, र निर्णय गर्ने कुरा सिकाउने एक कार्यक्रम हो। एम्पावहरले आजसम्म विविध पृष्ठभूमिका ९७ महिलाहरुलाई नेतृत्व प्रदान गरेको छ र वहाँहरुले १८ वटा समुदायक परियोजनाहरु नेपालको विभिन्न भु–भागमा संचालन गरेका छ ।

    एम्पावहर परियोजना पाँचखालमा गर्नुको मुख्य उद्देश्य पाँचखालमा रहेका युवा महिलाहरुको स्तिथि हो । काभ्रे जिल्लामा महिलाहरूले सामाजिक, आर्थिक, र राजनीतिक सशक्तिकरणतर्फको यात्रामा महत्त्वपूर्ण अवरोधहरू सामना गरिरहेका छन्। यहाँका ५ वर्ष वा सोभन्दा माथिका महिलाहरूको अशिक्षा दर ३६.२% रहेको छ (ग्ल् ध्यmभल च्भउयचत, २०२१), जसले उनीहरूको आर्थिक स्वतन्त्रता र राजनीतिक सहभागिताका अवसरहरूलाई सीमित बनाएको छ।

    अभिमुखीकरण कार्यक्रममा सहभागीहरू

    काभ्रे जिल्लामा बालविवाहको अवस्था पनि गम्भीर छ। राष्ट्रिय तथ्यांकअनुसार, काभ्रेमा २०% भन्दा बढी किशोरीहरूले १८ वर्षभन्दा कम उमेरमा विवाह गर्न बाध्य हुनुपरेको छ, जसले उनीहरूको शिक्षा, स्वास्थ्य, र भविष्यका अवसरहरूमा नकारात्मक प्रभाव पार्दछ । हामी यो परियोजना मार्फत पाँचखालमा भएका युवा महिलाहरुलाई नेतृत्वको बाटोमा मात्र अगाडी नसारी पूर्ण पाँचखालकै दिगो विकास गर्न तत्पर छौं ।
    एम्पावहर २०२३
    १२ दिने नेतृत्व इन्स्टिच्युट साउन २१ देखि सुरु भई भदौ १ गतेसम्म सञ्चालन भएको थियो जसमा २३ जना सहभागीहरु रहनु भएको थियो ।
    एम्पावहर २०२३ मा ५ ओटा सामुदायिक परियोजनाका समूहहरू थिए र प्रत्येक समूहलाई एक जना सल्लाहकार दिईएको थियो । जसले समुहहरूलाई परियोजना पूरा गर्न मद्दत गर्नु भयो । प्रत्येक समुहलाई आफ्नो परियोजना सम्पन्न गर्नको लागि १५ हजार रुपैयाँ बीज कोषमा दिएको थियो । सहभागीहरुले आआफ्नो समुदायमा विधमान समस्याहरु अथवा अभ्यासहरु (जस्ले किशोरी र महिलाहरुलाई धेरै असर गर्छ) समेटेर ५ ओटा समुदायक परियोजना गर्नु भएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार