काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा केन्द्रिय कार्यालय रहेर आफ्नो कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्लाभरी आफ्ना शेयर सदस्यहरुसंग कारोवार गर्दै आएको आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्थाले आ.व ०८१/०८२ को पहिलो त्रैमासिक समिक्षा बैठक सम्पन्न गरेको छ ।
शेयर सदस्यहरुको हितको खातिर साथै सामाजिक क्षेत्रमा समेत सकृय भुमिका निर्वाह गर्दै आएको सहकारीले शेयर सदस्यहरुलाई एक पछि अर्को सुबिधा प्रदान गर्दै आएको छ । संस्थाको जेष्ठ सदस्यहरुको हित एवं हौसलाको खातिर सम्मान साथै तिर्थ यात्राको व्यवस्था समेत गर्दै आएको संस्थाको प्रमुख उद्देश्य संस्थाको वास्तविक अवस्थाको बारेमा प्रत्तेक तीन महिनामा जानकारी गराउने रहेको छ । सोही अनुसार ०८१/०८२ को पहिलो त्रैमासिक समिक्षा शनिबार पाँचखाल नगरपालिका हलमा सम्पन्न भएको थियो ।
१० हजार ७ सय ३३ शेयर सदस्यहरुका विचमा बार्षिक १ अरव भन्दा माथिको कारोबार गर्दै आएको छ । पाँचखाल र आसपासको क्षेत्रमा अव्वल अवस्थामा रहेको संस्था जिल्लामा रहेका बिभिन्न प्रकृतिका १४ सय सहकारी र ६ सय बचत तथा ऋण सहकारीमा टप -Top five _ फाईभ भित्र पर्न सफल रहेको प्रतिवेदनमा उल्लेख छ । आ.व. ०८१/०८२ मा थप व्यवस्थित ढंगबाट अगाडि बढ्दै टप -Top three _ थ्री भित्र पर्ने लक्षका साथ अगाडि बढ्दैछ । जसको लागि सहकारीको सिदान्त अनुसार नीति बिधि र पद्धतीलाई पछ्याउदै शेयर सदस्यहरुका लागि थप सेवा सुबिधा प्रदान गर्ने लक्ष लिएको छ ।
संस्थाका अध्यक्ष बाबुकाजि पराजुलीको सभाध्यक्षतामा साथै संस्थाका संस्थापक अध्यक्ष इश्वरी राज कुमार मैनाली द्वारा उद्घाटन भई सुरुभएको त्रैमासिक समिक्षा बैठकमा संस्थाका प्रमुख कार्यकारी अधिकृत ठाकुरनाथ अधिकारीले प्रथम त्रैमासिक को बित्तीय तथा कार्यक्रमिक प्रगती बिबरण तथा भावी कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । सो प्रतिवेदनमा कारोबारको लागि संस्थामा उपस्थित शेयर सदस्यहरुलाई १० मिनेट भित्र सेवा प्रदान गर्ने साथै कर्जाको हकमा आवश्यक कागजात पुरा भएको मितिले तीन दिन भित्र कर्जा उपलब्ध गराउने उल्लेख भएको छ ।
संथाका कार्यसमिति , उपसमितिहरु , सल्लाहकार साथै कर्मचारीहरु समेतको संयुक्त बैठकबाट निर्णय भए अनुसार पहिलो चरणमा पाँचखाल नगरपालिका भित्र बसोवास गर्ने ९० प्रतिशत घरधुरिलाई संस्थामा आवद्ध गराउने र दोस्रो तेस्रो चरणमा जिल्लाका बिभिन्न स्थानमा बसोवास गर्नेहरुलाई संस्थामा अवद्ध गराउंदै जाने लक्ष लिएको छ । संस्थामा रहेका शेयर सदस्यहरुले घरमै वसेर कारोबार गर्न सहजताको लागि त्तच् कोडको व्यवस्था साथै बचत संकलनका लागि घरघरमा पुगेका बजार प्रतिनीधिले ट्याब मार्फत कारोवार गर्ने र तुरुन्तै बचत कर्ताको मोवाईलमा आफुले गरेको कारोवारको संदेश जाने व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख भएको छ ।
संस्थाले तत्कालै आफ्ना शेयर सदस्यहरु मध्य २५ प्रतिशत भन्दा बडिसंग कर्जाको कारोवार र ८२ प्रतिशत कर्जा किस्ताबन्दिमा लगानि गर्ने उल्लेख छ । कर्जा तथा व्यवसाय विमाको व्यवस्था गरी शेयर सदस्यको हित तथा सुरक्षालाई प्राथमिकतामा राखिएको छ । मोवाईल वैंकिङ्ग सेवा मार्फत स्मार्ट कर्जाको व्यवस्था मिसलक वैंकिङ्ग सेवाको समेत सुबिधा प्रदान गर्ने लक्ष लिएको छ । जसले गर्दा निःशुल्क रुपमा घरमै वसेर संस्थामा आफ्नो खातामा कति रकम रहेछ भन्ने जानकारी शेयर सदस्यले पाउने छन् ।
संस्थाका कार्यसमिति सदस्य रामेश्वर सापकोटाले स्वागत मन्तव्य राखि सुरुभएको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार इश्वरी राज कुमार मैनाली , पुर्व अध्यक्ष एवं सल्लाहकार दामोदर अधिकारी , संस्थाका लेखा तथा सुपरिवक्षण समितिका संयोजक बद्री प्रसाद आचार्य लगायतका बक्ताहरुले संस्थाको हितको खातिर आ—आफ्नो धारण राख्नु भएको थियो । संस्थाका सचिव रामप्रसाद कोइरालाबाट संञ्चालित कार्यक्रममा उपस्थित नि—वर्तमान अध्यक्ष एवं सल्लाहकार सरोज सापकोटा , सल्लाहकार , संचालक समिती, लेखा समिती, सेवा केन्द्र ब्यबस्थापन समितिहरु , विभिन्न उपसमिती पदाधिकारीहरु लगायतका सहभागिहरुले संस्था एवं शेयर सदस्यहरुको हितको खातिर सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस