२०८१ मंसिर ६, बिहिबार | Thu, 21, Nov, 2024

काभ्रेपलाञ्चोकमा बजार अनुगमन ‚ स्वास्थ्यलाई असर गर्ने सामाग्री नष्ट


४८८९ पाठक संख्या
  • २०८१ मंसिर ५, बुधबार मा प्रकाशित १८ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ९ मा रहेको ऐतिहासिक मन्दिर पलाञ्चोक भगवती आसपासमा रहेको बजार अनुगमन गरिएको छ ।
    मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको साथै स्थानिय उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर राख्दै बजार अनुगमन गरेको आयोजक पक्षले जानकारी गराएको छ । कतिपय व्यवसायिहरुलाई खाद्य तथा अन्य उपभोग्य बस्तुहरुको गुणस्तरताको बारेमा जानकारी नभएकोले अनुगमनले गर्दा जानकारी समेत भएको छ ।
    अनुगमनको क्रममा लेवल नभएको पाउ तथा अचारहरु , उपभोग्य मिति सकिएका कोक फेन्टा जस्ता पेय पदार्थ , विभन्न ब्राण्डका मदिराहरु , बिभिन्न प्रकारका खाद्य पदार्थहरु , होटलहरुमा खानेकुराहरु प्रदर्शनमा सुरक्षीत ढंग नअपनाईनु तथा खानेकुरा राख्न प्रयोग भएका पत्रिकाहरु , खानेकुरामा अत्याधिक मात्रामा प्रयोग भएका अखाद्य रंङ्गहरु , स्वास्थ्यमा अत्यन्तै असर पुर्याउने इमाडोल ललितपुरमा उत्पादन भएको चटपटे स्वदको अचगलअजथ दष्तभ , जुन अखाद्य पदार्थ साना साना बालबालिकाहरुले रुचाउने र जुन प्रकारको अखाद्यले क्यान्सर हुने संभावना प्रवल रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाईले वताउनु भयो ।

    पाँचखाल नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रामकाजि श्रेष्ठको रोहबरमा भएको अनुगमनको क्रममा भेटिएको अखाद्य पदार्थहरु नष्ट गरिएको थियो । अनुगमन कार्यले उपभोक्तहरुको चेतना खुलेको छ साथै व्यवसायिहरु सचेत भएका छन् । वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो अनुगमनको क्रममा केही कमजोरीहरु भेटिएपनि आगामी दिनमा कुनैपनि कमजोरी नहुने साथै बजारमा भेटिएका लेवलिङ्ग नभएको स्थानिय उत्पादन पौ तथा अचारहरु सम्बन्धित थोक विक्रेतालाई फिर्ता गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    किराना पसलहरु तथा होटलहरु अनुगमनको लागि उद्योग तथा बाणिज्य कार्यालय काभ्रे धुलिखेलका प्रमुख सिताराम घिमिरे , रविन्द्र प्रसाद चौलागाई र रुपक हुमागाई , खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय काभ्रेका प्रमुख मनीषा चापागाईँ र खाद्य निरिक्षण अधिकारी पुर्ण प्रसाद पौडेल , जिल्ला प्रशासन कार्यालय काभ्रे बाट नायव सुब्बा नकुल गिरी ‚ प्रहरी ‚ सञ्चारकर्मी समेतको टोलीले बजार अनुगमन गरेको थियो ।

    होटलमा प्रयोगहुने तेल ‚ पिठो ‚ सुरक्षित भण्डारण ‚ प्याकिङ गर्ने सामाग्री ‚ निर्माण मिति ‚ सरसफाइ लगायतको विषयमा अनुगमन टोलीले सुझाव दिएको थियो । अनुगमन टोलीले अखाद्य पदार्थले स्वास्थ्यमा प्रतिकुल असर आउन सक्छ । तर खाने बित्तिकै असर नगर्न सक्छ सुस्त ढंगले असर गर्दै शरीरमा क्यान्सर समेत हुन सक्छ त्यसैले सचेत हुन जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार