ललितपुर । ललितपुर जिल्लाको, बागमती गाउँपालिका वडा नं.२ माल्टा स्थित कालिदेवी माध्यमिक विद्यालयमा जापानी दुतावासको सहयोगमा नवनिर्मित छात्रावास भवन नेपालका लागि जापानी राजदुत महामहिम किकुता युताका ९प्ष्पगतबथ्गतबपब० ले एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।
आज (सोमबार) उद्घाटन भएको उक्त छात्रावास भवनमा ४० जना छात्रा बसेर अध्ययन भएका छन् भने सो विद्यालयमा बागमती गाउँपालिकाको वडा नं २ माल्टा, बगुवा, ढुंगेपानी, माल्टा बेँसीका साथै मकवानपुर जिल्लाका भीमफेँदी, महादेवटार आदि स्थानबाट १२ कक्षा सम्म अध्ययन गर्ने विद्यार्थीहरु आउनेछन् ।
विद्यालय आउनको लागि ६ घण्टासम्म पैदल हिडेर आउने विद्यार्थीको संख्या धेरै रहेको छ । त्यति टाढाबाट विद्यालय आउन जान विद्यार्थीका लागि निकै कष्टकर छ । त्यति टाडाबाट साना विद्यार्थी र छात्राहरुका लागि थप समस्या रहेकोले समस्या सुमाधानको लागि सो छात्रावासको व्यवस्था गरिएको जानकारी प्राप्त भएको छ ।
विद्यार्थीहरुको समस्याको बिषयमा मध्यनजर गर्दै साथै विद्यालयको अनुरोधमा प्यारो हरियो नेपालले जापानी दुतावासमा परियोजना प्रस्ताव पेश गरेको थियो । सो प्रस्ताव पारीत भएपछि २ करोडको लागतमा वार्डेन कक्ष समेत ८ कोठा भवन निर्माण चएको छ । साथै शौचालय, खानेपानी, विजुली, आवश्यक फर्निचर तथा कपडा समेतको व्यवस्था सहित सुविधा सम्पन्न भवन निर्माण गरिएको छ ।
हालसम्म ३६ जना छात्राहरुले छात्रावासमा बस्नका लागि निवेदन दिएकोले छात्रावासमा बस्ने विद्यार्थीहरुकालागि खाना खुवाउन विद्यालयले बागमती गााँपालिकाको सहयोगमा क्यान्टिन निर्माण गरी व्यवस्था मिलाई सकेको लवग्रीन नेपालका कार्यकारी अधिकृत नारायण ज्ञवालिले जानकारी गराउनु भयो ।
भवन उद्घाटन गर्दै राजदुत किकुता युताकाले दैनिक ६ घण्टासम्म हिडेर आउने नानीहरु लाई पठनपाठनमा सजिलो हुने र उनीको उज्वल भविष्यको कामना गर्नु भयो । वहाँले जापान नेपालको सामाजिक विकास लागि सधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसैगरी बागमती गाउँपालिकाका अध्यक्ष बिर बहादुर लोप्चनले बागमती गाउँपालिका काठमाडौंबाट नजिक भएतापनि भौगोलिक कारणले गर्दा सामाजिक, शैक्षिक विकासमा निकै पछाडी परेको छ यस्तो भौगालिक रुपले अप्ठ्यारो स्थानमा आई विद्यालयको समस्या बुझि सुविधा सम्पन्न छात्रावास भवन बनाई दिनु भएकोमा जापान सरकार र महामहिम राजदुतलाई धन्यवाद दिनु भयो ।
प्यारो हरियो नेपालका अध्यक्ष अमिरा दलीले २०७२ सालको भुकम्प पछि आउदा आफुहरुले दयनीय अवस्थामा देखेको विद्यालय परिसर, विद्यार्थीहरू र शिक्षक शिक्षिकाको पिडा देख्दा निकै भावुक भएकोर आज जापान सरकारको सहयोगबाट तीन वटा विद्यालय भवन, शौचालय र हाल आएर छात्रावास भवन समेत निर्माण भई सुविधा सम्पन्न विद्यालयको रुपमा स्थापित भएकोमा म पुनः एक पटक राजदुतज्यू, जापानी जनता र जापान सरकारलाई धन्यवाद् दिन चाहान्छु भन्नु भयो ।
२०४८ सालमा स्थापना भएको प्यारो हरियो नेपालने जापानको सहायेगमा काभ्रेपलाञ्चोक, काठमाण्डौं, भक्तपुर, ललितपुर सिन्धुपाल्चोक, मकवानपुर, सिरहा, कपिलवस्तु र डडेलधुरा गरी सयौं विद्याल यभवन र केही छात्रावास भवनहरु निर्माण गरेको छ ।
प्रतिक्रिया दिनुहोस