२०८१ पौष ७, आईतबार | Sun, 22, Dec, 2024

सडकमा फोहोर पानी फाल्नेलाई १५ हजार जरिवाना


९८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ पौष ७, आईतबार मा प्रकाशित १२ घण्टा अघि
  • ७ पुस, काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले सडक पेटीमा फोहोर पानी फाल्ने एक जनालाई १५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

    महानगरपालिकाको ४ नम्बर वडाको सडक पेटीमा फोहोर पानी फालेको भन्दै निरज न्यौपानेलाई जरिवाना गरेको हो ।

    काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत जरिवाना गर्दै आएको छ ।

    पछिल्लो समय जथाभावी फोहोर फाल्ने, खुल्ला स्थानमा आगो बाल्ने, सडकमा खाल्डो खन्ने, पोल, सार्वजनिक भित्तामा विज्ञापन टाँस्ने लगायत कुरामा महानगर प्रहरीले निगरानी गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु