२०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025

शहरी क्षेत्रमा अस्पताल निर्माणको लागि जग खन्नु पर्दैन—मन्त्री पौडेल


२२८९ पाठक संख्या
  • २०८१ पौष २०, शनिबार मा प्रकाशित ३ दिन अघि
  • काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले नेपालको दुर्गम क्षेत्रहरूमा अस्पताल निर्माणको लागि जग खन्नुपरे पनि शहरी क्षेत्रमा अस्पताल निर्माणको लागि जग खन्न आवश्यक नरहेको बताउनु भयो ।

    काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा आयोजित अर्बुद रोग निवारण संस्थाको ३४ औं केन्द्रिय सभा समुद्घाटन समारोह उद्घाटनको क्रममा उक्त गर्दै मन्त्री पौडेलले उक्त धारणा राख्नु भएको हो ।

    “हाम्रा अस्पतालहरूमा आवश्यक सामाग्रीहरू कम छन् ‚ आवश्यकता अनुसारको जनशक्ति छैन ‚ पूर्वाधार पनि व्यवस्थित छैन‚ अस्पतालहरू छन् तर अपूर्ण अवस्थामा छन् ।” हामीसँग भएको अस्पतालहरूमा पूर्ण ढङ्गबाट सेवा दिने तफर् काममा अगाडि बढ्नु पर्छ । आगामी माघको २२ गते देशका १६ लाख (१० बर्ष देखी १४ बर्ष) किशोरीहरूलाई एच.पि.पि भ्याक्सिन निःशुल्क उपलब्ध गराउने छौँ । ३० वर्ष भन्दा माथिका महिलाहरूको स्तन क्यान्सर बारेको अवस्थाको बारेमा स्कृनिङ्ग गर्ने कार्यक्रम ल्याएका छौँ । मन्त्री पौडेलले भन्नुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले थप्नुभयो —नागरिक आफैले थपाउनु पर्छ ‚ म क्यान्सर रोगबाट कसरी जोगिनु पर्छ ? आफ्नो मुटु ‚ किड्नी ‚ फोक्सो ‚ कलेजो कसरी सुरक्षित हुन्छ भन्ने विषयमा ध्यान दिदैँ खानपानको विषयमा सचेत हुनु पर्छ । स्वास्थ्यको क्षेत्रमा चेतना विस्तार गर्नु भनेको रोग कम लाग्नु हो त्यसैले चेतना बिस्तारको कार्यलाई प्राथमिकता दिएका छौँ । कोही मान्छेको ब्रेनमा समस्या आएर मृत्यु भयो भने उसको शरीरको बिभिन्न महत्वपूर्ण अङ्गहरू काम लाग्छ ।

    २४ घण्टा भित्र मृतकको परिवारले अङ्ग दान गर्न चाहेमा हौसला स्वरुप राज्यले २ लाख प्रदान गर्छ साथै अङ्ग दान गर्ने सम्बन्धी सूचना दिने अस्पताललाई उपलब्ध गराउने व्यवस्था सरकारले गरेको छ । बिमाको सिलिङे १ लाख बाट वडाएर ५ लाख पुर्‍याउनु पर्छ ‚ जुन कार्यको लागि स्रोत व्यवस्थापनको समिति बनाएका छौं । जुन समितिले बुझाएको प्रतिवेदनलाई अध्ययन गरी ५ लाखको सुविधा दिन तफर् सरकार अगाडि बढ्छ । मन्त्री पौडेलले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु