सुलीकोट, पुस २२ गते । गोरखाको गण्डकी गाउँपालिकाले घरेलु मदिरा लोकल रक्सी ब्राण्डिङ सुरु गरेको छ । गाउँपालिकाले गण्डकी कोदोको रक्सी नाम दिएर गण्डकी गाउँपालिका र स्थानीय बजारमा घरेलु मदिरा उत्पादन गरी बजारमा बिक्रि वितरण गर्न सुरु गरिएको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमेल्सनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार गण्डकी गाउँपालिकाले मदिरा उत्पादन र ब्राण्डिङको जिम्मा २ वटा वडाको २ वटा महिला समुहलाई दिईएको बताउनुभयो । पालिकाले वडा नम्बर २ को जलकन्या देबी कृषक समुह र वडा नम्बर ६ को चिसापानी महिला समुहले लोकल रक्सी उत्पादन र ब्राण्डिङ गर्ने काम गरिरहेका गाउँपालिकाका अध्यक्ष तिमेल्सनाको भनाइ छ ।
गाउँपालिकाले २ वडाका महिला समुहहरुलाई १५ दिने तालिम तथा घरेलु मदिरा उत्पादनको लागि तालिम दिइएका महिला समुहहरुलाई उत्पादनका लागि आवश्यक भाडाकुडा पनि वितरण गरिएको बताइएको छ ।
गाउँपालिकाले कोदो र रैथाने बाली प्रवद्र्धन कार्यक्रम अन्र्तगत कोदो उत्पादन सम्बन्धी तालिम र रक्सी बनाउने भाडाँकुडा सहित बोत्तल र स्टिकर पनि दिएको गण्डकी गाउँपालिकाले जनाएको छ । अहिले गण्डकी गाउँपालिकाका किसानले कोदो उत्पादन गरी २ महिला समुहलाई बेच्ने किसानलाई प्रतिकेजी ५ रुपियाँ अनुदान दिँदै समेत आएको गण्डकी गाउँपालिकाका अध्यक्ष तिमेल्सनाले बताउनुभयो ।
गाउँपालिकाले स्थानीय रुपमा उतपादन भएका लोकल मदिरालाई प्रोत्सहान गर्नका लागि तथा बाहिरबाट आएका रक्सीहरुलाई विस्थापित गराउन चालु आर्थिक वर्षबाट बजेट विनियोजवन गरी काम अघि बढाएकाे गाउँपालिकाले जनाएकाे छ ।
२ वटा महिला समुहले शुद्ध कोदो र जडीबुटी मिसाएर उत्पादन गरिएको रक्सीलाई मेसिनमा राखेर अल्कोहलको मात्रा नापिन्छ, गाउँपालिकाका अध्यक्ष तिमेल्सेनाले भन्नुभयो, “नापी सकेपछि लेबल ठिक भए त्यसलाई ब्राण्डिङ गरेर बोत्तलमा राखी बोत्तलको बाहिरपट्टि गण्डकी ब्राण्ड नामको स्टिकर राखेर स्थानिय बजारमा लगिन्छ ।”
गण्डकी गाउँपालिका भित्रका स्थानिय बजारहरुमा लोकल ब्राण्ड रक्सी बनाउन थालेपछि अहिले बाहिरबाट ल्याईका रक्सीहरु आयत हुन छोडेको वडा नम्बर २ का अध्यक्ष याम बहादुर थापाले जानकारी दिनुभयो । अहिले महिला समुहले उत्पादन गरेको लोकल रक्सी पातिस्वाँरा मनमोहक होमस्टे साथै स्थानिय बजार तथा पृथबी राजमार्ग अन्र्तगत बेनीघाट फिसलिङ लगाएतका ठाउँमा माग बढिरहेको वडा अध्यक्ष थापाको भनाइ छ ।
गण्डकी गाउँपालिका भित्रका महिला दिदीबहिनीहरुलाई स्वारोजगार बनाउनुका साथै आयआर्जनमा वृद्धि गरी आर्थिकउपर्जनमा टेवा पुर्याउनका लागि गाउँपालिकाले कार्यक्रम अघि बढाएको गण्डकी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुबन चापागाईंले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस