२०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025

वडाध्यक्षलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश


३७१९ पाठक संख्या
  • २०८१ पौष २२, सोमबार मा प्रकाशित २ दिन अघि
  • २२ पुष, सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ का नवनिर्वाचित वडाध्यक्ष धीरेन्द्रकुमार साहलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    सप्तरी जिल्ला अदालतका न्यायाधीश दीपक धितालको इजलासले उनीसहित दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो।

    नवनिर्वाचित अध्यक्षसहित ६ जनाविरुद्ध जबरजस्ती करणी गरी कर्तव्य ज्यान गरेको र व्यक्ति बेपत्ता गरेको सम्बन्धी दुईवटा मुद्दा दर्ता भएको छ ।

    वडा अध्यक्ष साहसहित अर्का आरोपी शिक्षक राजनारायण साहलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश दिएको छ । नवनिर्वाचित वडा अध्यक्ष साह २० मंसिरमा शपथ समारोहबाटै पक्राउ परेका थिए ।

    साहसहितको समूहले सन्तोषकी कुमारी साहलाई बलात्कार गरी हत्या गरेको आरोप छ । आफ्नी दिदीलाई बलात्कार गरी हत्या गरेको देखेपछि उनका भाइ १३ वर्षका नितिशकुमार साहलाई अपहरण गरी बेपत्ता पारेको उनीहरुमाथि आरोप छ ।

    फागुन २०७९ मा डाक्नेश्वरी नगरपालिका–१ माधोपुर टोलस्थित आँपको बगैँचाबाट मुखमा रुमाल कोचेर नितिशलाई अहपरण गरी बेपत्ता बनाइएको आरोप छ । नितिशको अवस्था अझैसम्म अज्ञात छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार