२०८१ माघ १, मंगलबार | Tue, 14, Jan, 2025

घुसखोरीबाट नेपाली जनतालाई मारी रहेका छन्‌– मिजार


२३४१ पाठक संख्या
  • २०८१ पौष २९, सोमबार मा प्रकाशित २१ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । नेकपा माओवादी (केन्द्र) केन्द्रिय सदस्य एवं काभ्रो जिल्ला इन्चार्ज तेजबहादुर मिजारले प्रतिकृया वादी ‚ सामन्त बाद ‚ दलाल ‚ तस्कर तथा घुसखोरीहरुले नेपाली जनतालाई मारमा पारेको बताउनु भयो ।

    आज सोमवार पाँचखाल नगर समितिको चौथो नगर सम्मेलन पछिको पहिलो पूर्ण बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज मिजारले उक्त धारणा राख्नुभएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि मिजारले धेरै बोल्ने भन्दा जनताको हितको लागि काममा जुट्नुपर्ने बताउँदै पाँचखाल नगरमा १३ वटा वडा छ ‚ जुन वडाहरू पाँचखाल नगरको लागि पिल्लर हो । पाटी सङ्गठनको गतिविधिलाई १३ वटै पिल्लरलाई मजबुत पार्नुपर्छ । सो पिलरहरू मध्य कुनै एक पिल्लर कमजोर भयो भने पार्टी सङ्गठनको महल मजबुत नहुने बताउनु भयो । नयाँ कार्यसमितिलाई सुझाव दिदैँ उहाँले थप्नुभयो —जोस र जाँगरका साथमा सङ्गठन निर्माणमा जुट्नोस् आवश्यक सहयोग हामी गर्छौ । आफ्नो साथै पार्टीको इतिहास कस्तो बनाउने भन्ने विषयमा गम्भीर चुनौती छ ‚ चुनौतीलाई सामना गर्दै अगाडि बढेमा जनचाहना अनुसार कार्य गर्न सकिने बताउनु भयो ।

    कार्यक्रममा सङ्घीय सांसद मिना तामाङले हामी वर्गीय बिचारका साथमा अगाडि बढेकोले व्यक्तिगत तथा नातागोताको स्वार्थमा नभई जनताको हितको लागि निरन्तर रुपमा लाग्न पाँचखाल नगर समितिलाई निर्देशन दिनुभयो । हामीले विकास निर्माणको लागि बजेटको व्यवस्था गरेका छौं ‚ सो कार्य के कसरी अगाडि बढेको छ ? गुणस्तरीय ढङ्गबाट कार्य भएको छ कि छैन अनुगमन गर्नुपर्ने धारणा राख्नुभयो ।

    हामीले पहल गरेर ल्याएको बजेट वेवारिसे अवस्थामा आउन नदिने साथै गुणस्तरीय कार्य गराउने दायित्व नगरसमितिमा रहेको बताउनु भयो । पाँचखालमा सहिद पार्क निर्माणको लागि तीन करोड बजेट विनियोजन गरेका छौं निर्विवादित ढङ्गबाट सो कार्य सम्पन्न गर्ने भूमिकामा नगरसमिति जुट्नुपर्ने बताउनु भयो ।  तीन वडाको लागि सहिद पार्क निर्माणको लागि भनिएपनि ऐतिहासिक ढङ्गबाट निर्माणको लागि कुनै एक ठाउँ उपयुक्त हुन्छ भने सोही ढङ्गबाट अगाडि बढ्न सुझाव दिनुभयो ।

    कार्यक्रममा नेकपा माओवादी (केन्द्र) का केन्द्रिय सदस्य एवं बागमती प्रदेश सांसद रुकु चौलागाइँले पार्टीलाई स्थापित गराउनाको साथै नेपाली जनताको समस्या समाधानको लागि संचार साथै टेक्नोलोजिलाई समेत एक साथ अगाडि बढाउनु पर्ने धारणा राख्नुभयो । पार्टीका नेता तथा कार्यकर्तामा मानसिकता विभाजन हुदा समस्या आएको छ ‚  तो कार्यमा पार्टीको सर्कुलर अनुसार गर्नुपर्ने बताउनु भयो ।

    कार्यक्रममा नेकपा माओवादी (केन्द्र) को केन्द्रिय सदस्य एवं पुर्व सङ्घीय सांसद गङ्गा बहादुर दोङ (बमध्वज) ले पार्टीको वैचारिक ‚ साङ्गठनिक  र सैद्धान्तिक अभियानले गर्दा पार्टीको धरातल निकै उचाइमा पुगेको बताउनु भयो । पार्टीले समाजवादी राज्यव्यवस्था तयारी गर्ने अभियानमा लागेको छ । मान्छेको मन प्रसन्न भएपछि उसको इच्छा शक्ति जाग्छ ‚ इच्छाशक्ति बढाउन माओवादी पार्टीले जनताको मन जित्ने कार्य गर्नुपर्छ । सोही अनुसार पार्टी निरन्तर रुपमा अगाडि बढेको छ जसको कारण नेपाली जनताको साथ नेकपा माओवादीले पाउनेमा सुनिश्चित रहेको बताउनु भयो ।

    पाँचखाल नगर समिति अध्यक्ष रमेश राज गिरीको सभाध्यक्षतामा सम्पन्न उक्त पूर्ण बैठकमा नेकपा माओवादी (केन्द्र) काभ्रे जिल्ला संयोजक भोला अर्याल ‚ नेकपा माओवादी (केन्द्र) बागमती प्रदेश सदस्य आइत सिं तमाङ ‚ नेकपा माओवादी (केन्द्र) बागमती प्रदेश सदस्य मणिराज गौतम  लगायतका नेतृत्वहरूले पाँचखाल नगर समितिले खेल्नुपर्ने भूमिकाको बारेमा आ—आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रम सञ्चालक नगर समितिका सचिव गोकुल गुरागाँईले गर्नुभएको चियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु