२०८२ बैशाख ३, बुधबार | Wed, 16, Apr, 2025

आधारहीन समाचार प्रती पाँचखाल नगरको आपत्ति


१००८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८२ बैशाख २, मंगलबार मा प्रकाशित १७ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरमा सञ्चालित इट्टाभट्टाहरु सञ्चालनमा रोक लगाउने भनि परमादेश दिएको छ । पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको भन्दै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    उक्त रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले परमादेश जारी गरेको हो ।
    पाँचखालका स्थानीयले २०७६ साल पुस १४ गते भट्टाहरु बन्द गराउनको लागि सर्वोच्चमा रिट निवेदन दर्ता गरेको थियो । सो रिट उपर २०८१ साल चैत्र १२ मा सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शारङगा सुवेदीको इजलासले मागबमोजिम हुने फैसला गरेको थियो ।

    सो फैसलाको विषयलाई लिएर केही समाचार माध्यम साथै सामाजिक सञ्जालमा पाँचखाल नगरपालिका लाई जोडेर आएको तथ्यहिन सामाग्री प्रति पाँचखाल नगरपालिकाले एक विज्ञप्ति जारि गर्दै आपत्ति जनाएको छ । नगरप्रमुख महेश खरेल द्वारा जारी विज्ञप्तिमा उल्लेख भएको छ पाँचखाल नगर सम्मानित अदालतको फैसलाको स्वागत गर्दछ । तर सोहि विषयलाई लिएर नगर प्रमुखको नाम जोडिनुमा आपत्ति जनाइएको छ ।

    विज्ञप्तिमा उल्लेख भएको छ —पाँचखाल नगरपालिका वातावरण संरक्षणको अभियानमा निरन्तर रहेको छ , वातावरणमैत्री नीतिहरु निर्माण गर्दै पाँचखालमा रहेका इट्टाभट्टा लगायतका उद्योगहरुलाई सुधारात्मक ढंगले अगाडि बडाउने नीति अवलम्बन गर्दै कार्यपालिकामा पटक पटकको बैठकमा छलफल गर्दै गर्दा भट्टाको विषयमा अदालतमा मुद्धा विचाराधिन अवस्थामा रहेकोले कानुनको सम्मानको सम्मान गर्दै सार्वजनिक अभिव्यत्तिबाट पछि हटिरहेका थियौं ।

    फैसलाको विषयलाई लिएर नगरप्रमुखले अवैध इट्टाभट्टाको संरक्षण गरेको भन्ने निराधार आरोप लगाउनु पुर्ण रुपमा भ्रमक र नियोजित प्रपञ्च भएको पूर्वाग्राही समाचारको घोर विरोध गर्दछौं उल्लेख भएको छ ।

    उसै विषयमा मेयर खरेलले भन्नुभयो

    सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा सञ्चालित इँटाभट्टाहरू बन्द गर्न परमादेश दिएको छ । नगरपालिका अदालतको आदेशको उच्च सम्मान गर्दछ । सम्मानित सर्वोच्च अदालतले घरेलु तथा साना उद्योग कार्यालय काभ्रे र वातावरण मन्त्रालय लाई थप जिम्मेवार बनाएको छ । यसबारे विभिन्न मिडियामा प्रकाशन भएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको छ । पाँचखाल नगर पर्यावरण र जनस्वास्थ्य प्रति सचेत छ । नगरपालिका स्थापना अगावै संचालनमा आएका भट्टालाई वातावरण मैत्री रूपमा संचालन गर्न नगरपालिकाले पटक पटक दबाव दिदै आएको थियो । तर सत्य तथ्य नबूझी समाचार सम्प्रेषण भएको प्रति ध्यानाकर्षण गराउॅदै सम्पूर्ण मिडियाहरूले सत्यतथ्य बुझेर मात्र समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछु ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु