२०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

आज २ बैशाख बुधवार को राशिफल


४७३३ पाठक संख्या
  • २०८३ बैशाख २, बुधबार मा प्रकाशित ३ महिना अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। काममा नयाँ अनुभव थपिनेछ। संयमताले सफलता दिलाउनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ। केही प्राप्त गर्नलाई कुनै वस्तु त्याग्नु पर्ला। सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    नयाँ योजना सफल हुनेछ। माननीय जनहरुबाट सहयोग पाइनेछ। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    व्यापार व्यवसायमा मिलेको सफलताले मन उत्साहित रहनेछ। सन्तानको भविष्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्ने छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    राजनीतिक वा सामाजिक गतिविधिमा उल्लेखनीय प्रगति हुनेछ। स्वास्थको दृष्टिकोणले समय प्रतिकूल रहनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    परिश्रम र योजनाबद्ध प्रयासको प्रशंसा हुनेछ। आँटेको काममा सफलता मिल्नेछ। वैवाहिक सम्बन्धमा जीवनसाथीसँग समझदारी बढ्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    नयाँ लगानी लगाउने अवसर मिल्नेछ। सकारात्मक दृष्टिकोण राख्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा कामको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    विभिन्न कामका अवसरहरू प्राप्त हुनेछन्। व्यवसायमा फाइदा हुने योग छ। घरपरिवारमा कुनै कुरालाई लिएर असन्तोषको भावना जागृत हुनेछ। आश्वासन मात्र दिनेहरूले झुक्याउन सक्लान् सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    धैर्य र पराक्रममा वृद्धि हुनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूको अनुभव उपयोगी सिद्ध हुनेछ। मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    अभिव्यक्तिको कलामा निखार आउनेछ। कार्यक्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। अरुको लागि बुद्धि वा श्रम खर्च गर्नुपर्ला। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा गुरुजनहरूको साथ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    लगनशीलताले अप्ठ्यारो परिस्थितिलाई पनि सहज बनाउन सकिनेछ। कला र साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    आर्थिक समस्याहरू सुल्झिनेछ। साझेदारी व्यापारमा लाभ रहनेछ। नोकरी वा पेशामा पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने सम्भावना रहेको छ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार