२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

उमाकुण्डमा जबरजस्ती करणी आरोपमा व्यक्ति पक्राउ, अनुसन्धान तीव्र


४९१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ बैशाख १९, शनिबार मा प्रकाशित २ महिना अघि
  • रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ४१ वर्षीय पुरुष पक्राउ परेका छन्।

    उमाकुण्ड गाउँपालिका–७ बुन्देलडाँडा बस्ने ‘माझी’ भनिने बमबहादुर दमाईलाई ४० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

    पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरी सक्रिय बनेको हो। जिल्ला प्रहरी कार्यालय तथा स्थानीय प्रहरी युनिटबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धानपछि आरोपितलाई पक्राउ गरेको जनाइएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले तीव्र रुपमा खोजतलास गर्दै उनलाई नियन्त्रणमा लिएको हो।

    प्रहरीका अनुसार आरोपित दमाईमाथि जबरजस्ती करणी सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। उनलाई अदालतमार्फत म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

    घटनासम्बन्धी थप प्रमाण संकलन, पीडितको स्वास्थ्य परीक्षण तथा बयानका आधारमा अनुसन्धानलाई सूक्ष्म ढंगले अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै, यस्ता संवेदनशील घटनामा पीडितलाई न्याय दिलाउन र दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको पनि बताइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार