२०८३ अषाढ ३०, मंगलबार | Tue, 14, Jul, 2026

शरीरमा पेट्रोल छर्केर आगो लगाएका विवेक मण्डलको चार दिनपछि मृत्यु


९६३ पाठक संख्या
  • २०८३ अषाढ ३०, मंगलबार मा प्रकाशित २ घण्टा अघि
  • सर्लाही, असार ३० — आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ४२ वर्षीय विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ।

    मण्डलको मङ्गलबार बिहान करिब २ बजे ललितपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो।

    प्रहरीका अनुसार मण्डलले गत शुक्रबार घरनजिकै आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाई आत्मदाहको प्रयास गर्नुभएको थियो। गम्भीर घाइते उहाँलाई तत्काल प्रादेशिक अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरिएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि ललितपुरस्थित बर्न अस्पताल पठाइएको थियो।

    यसैबीच, सर्लाही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले मण्डलको परिवारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

    प्रहरीका अनुसार मण्डलले आत्मदाहको प्रयास गर्नुको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार