२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

टिकटकबाट धम्की दिई आर्थिक लाभ लिने काभ्रेपलाञ्चोकका युवक पक्राउ


७१७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८३ बैशाख ३१, बिहिबार मा प्रकाशित २ महिना अघि
  • काठमाडौं । टिकटक लगायतका सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गरी डर–धम्की दिई आर्थिक लाभ लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार सामाजिक सञ्जालमा पीडितको फोटो तथा भिडियो सार्वजनिक गरिदिन्छु भन्दै धम्की दिई लगातार हैरानी गर्ने र रकम असुल गर्ने गतिविधिमा संलग्न रहेको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।

    प्राविधिक अनुसन्धान तथा विश्लेषणका क्रममा काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–११ स्थायी ठेगाना भएका २३ वर्षीय समीर तामाङलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ ।

    उनीलाई २०८३ वैशाख ३० गते काठमाडौंको कलंकी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

    उनमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

    साइबर ब्यूरोले सामाजिक सञ्जाल प्रयोग गर्दा संवेदनशीलता अपनाउन तथा यस्ता आपराधिक गतिविधिबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह पनि गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार