२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

स्कुटर दुर्घटनामा एक युवाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा


३२५१ पाठक संख्या
  • २०८३ जेष्ठ १२, मंगलबार मा प्रकाशित १ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–९, पानीट्याङ्कीस्थित बी.पी. राजमार्ग खण्डमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने चालक प्रहरी नियन्त्रणमा रहेका छन्।

    मिति २०८३/०२/१२ गते करिब १६:१५ बजे धुलिखेलबाट काभ्रेभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ७१४३ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जनाएको छ।

    दुर्घटनामा स्कुटरको पछाडि सवार धुलिखेल नगरपालिका–११ निवासी २० वर्षीय निर्जल घिमिरे सडकमा लडेर गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि धुलिखेल अस्पताल लगिएको भए पनि उपचारकै क्रममा १६:२५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    स्कुटर चालक सोही स्थानका २० वर्षीय पुकार घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार