२०८३ अषाढ ९, मंगलबार | Tue, 23, Jun, 2026

आधुनिक कृषितर्फ पाँचखालको फड्को : कृषकलाई करोडौँका उपकरण अनुदानमा


२८३५ पाठक संख्या
  • २०८३ अषाढ ९, मंगलबार मा प्रकाशित २ घण्टा अघि
  • काभ्रेपलाञ्चोक । कृषि उत्पादनका लागि परिचित पाँचखाल नगरपालिकाले कृषकलाई आधुनिक कृषि प्रविधितर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कृषि उपकरणहरू ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

     नगरका १३ वडामध्ये ८ वटा वडाका कृषकलाई कुल १ करोड ३६ लाख २३ हजार ८२५ रुपैयाँ बराबरका कृषि उपकरण वितरण गरिएको हो। उक्त रकममध्ये ६८ लाख ११ हजार ९१३ रुपैयाँ नगरपालिकाले अनुदानस्वरूप व्यहोरेको छ भने बाँकी बराबर रकम कृषकहरूको सहभागितामा संकलन गरिएको कृषि शाखाले जनाएको छ।

    वितरण गरिएका उपकरणमा ३५२ थान मिनी टिलर, १३ थान ग्यासोलिन पम्प, ५ थान डिस्क मिल, ५५ थान कर्न सेलर, २० थान वाटर पम्प, १० थान थ्रेसर, २९ थान कम्बाइन मिल, २५४ थान स्प्रेयर पम्प तथा ५७ थान टनेल प्लास्टिक रहेका छन्। यी सबै सामग्री कृषकलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको हो।

    मंगलबार पाँचखाल नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा वडा नं. ३ र वडा नं. ४ का कृषकलाई उपकरण हस्तान्तरण गरिएको थियो। कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष सुन्दर अधिकारी , वडा नं. ४ का वडा अध्यक्ष सुन्दर  तामाङ तथा नगर कृषि शाखा प्रमुख हेमन्त पौडेलको उपस्थिति रहेको थियो।

    कार्यक्रममा आधुनिक कृषि उपकरणको प्रयोगले उत्पादन लागत घटाउने, श्रमको बचत गर्ने तथा कृषि उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने छ। नगरपालिकाले आगामी दिनमा पनि कृषकलाई प्रविधिमैत्री कृषि प्रणालीमा जोड्दै उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

    स्थानीय कृषकहरूले अनुदानमार्फत प्राप्त उपकरणले खेतीपातीलाई थप सहज, प्रभावकारी र व्यावसायिक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

       जम्मा वितरण (वडा नं. ३):

    • मिनी टिलर – ३२
    • ग्यासोलिन पम्प – १३
    • कर्न सेलर – ३७
    • वाटर पम्प – २०
    • कम्बाइन मिल – १०
    • स्प्रेयर पम्प – ५८

         जम्मा वितरण (वडा नं. ४):

      • मिनी टिलर – ४०
      • कर्न सेलर – १०
      • थ्रेसर – १०
      • स्प्रेयर पम्प – २५ बितरण गरिएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार