२०८३ अषाढ २२, सोमबार | Mon, 06, Jul, 2026

आज – २२ आषाढ सोमवार को राशिफल


१२४९ पाठक संख्या
  • २०८३ अषाढ २२, सोमबार मा प्रकाशित १६ घण्टा अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    रोजगारीका नयाँ अवसरहरू फेलापर्नेछन्। पुराना उल्झेका मामलाहरू सुल्झिनेछन्। सन्तानको स्वास्थ्यलाई लिएर धन खर्च होला। यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। साथीभाईहरूबाट समयमा सहयोग नमिल्नाले मन खिन्न रहन सक्छ। नयाँ सम्पर्कबाट अड्केको काम बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    वैवाहिक जीवनमा विश्वासमा कमी आउन सक्छ सावधान रहनुहोस्। सहकर्मीहरूसँग मनमुटावले कार्यक्षेत्रमा बाधा पर्न सक्छ। घर परिवारमा बच्चाहरूसँग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अधिकारीहरूको सहयोगले मनोबलमा वृद्धि हुनेछ। शैक्षिक क्षेत्र फराकिलो हुनेछ। अवसरको खोजीमा आफन्तहरूबाट टाढिनुपर्ला। मन प्रशन्न रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    पुरानो रोग उब्जिने र स्वास्थ्य कमजोर रहन सक्छ सचेत रहनुहोस्। अध्यात्मतर्फ रुचि बढ्नेछ। अरुको भरपर्दा कार्यक्षेत्रमा पछाडि परिनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    साझेदारी व्यापारमा नयाँ सुरुवात हुनेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ। धैर्य वा लगनशीलताले राम्रो उपलब्धि प्राप्त गर्न सकिनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसँग सम्झौता गर्नुपर्ला। कार्यक्षेत्रमा चलिरहेको काममा गति आउनेछ। सेवामूलक काममा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    हत्तारमा कुनै निर्णय नलिनुहोला। अध्ययनमा प्रगति हुनेछ साथै ज्ञानलाई निखार्ने समय रहेको छ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा फाइदा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    जीवन साथीसँग वैचारिक मतभेदका योग छन्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। मातापिता वा गुरुजनहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    नयाँ सम्बन्धले खुसी लिएर आउनेछ। अप्ठ्यारा कार्य पनि सजिलै पूर्ण गर्न सकिनेछ। कारोबार विस्तारलाई लिएर नयाँ अनुबन्ध गर्ने समय रहेको छ। अनुभवको फाइदा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    नोकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला। समयमा निर्णय नलिनाले नोक्सानको आशंका रहनेछ। स्वास्थ्यमा खानपिन र आहारविहारको विशेष ध्यान राख्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    निजी कार्यलाई टाल्दा समस्या बढ्नेछ। आत्मविश्वासको कमीले महत्त्वपूर्ण कार्यहरू अड्किन सक्लान्। धर्मकर्ममा रुचि बढ्नेछ। अज्ञात भयले सताउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार